ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिलीमा पहिरोले पुर्यो एउटा पुरै गाउँ


admin
२ पुस २०७४, आइतबार   २ : ३४   बजे

काठमाडौं, २ पुस । चिलीमा पहिरोका कारण एक गाउँ पूरिएको छ ।

पहिरोमा परि कम्तिमा पाँचजनाको मृत्यु भएको छ । मुसलधारे वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षिणी क्षेत्रमा रहेको पर्यटकीय गाउँका जर्दनौं घरमा क्षति पुगेको हो । लेक क्षेत्रको ग्रामीण बस्ती भिल्ला सान्ता लुसियामा पहिरोका कारण दर्जनौँ घर पुरिएको छ । यस्तै १५ जना मानिस बेपत्ता भएका छन् । चिलीका राष्ट्रपति मिशेल बाचेलेतले पहिरो प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेका छन् । लेक क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ भने सडकसञ्जाल पनि टुटेको छ । उद्धार तथा राहतको कामलाई तीब्र र प्रभावकारी बनाउन आदेश दिएको राष्ट्रपति बाचेलेतले बताएका छन् ।

चिलीको राजधानी सान्टियागोबाट ११ सय किलोमिटर दक्षिणमा रहेको गाउँमा पहिरोले नोक्सानी गरेको हो । लगातारको वर्षासँगै पहाडबाट लेदोसहितको पहिरो गएको हो । गएको २४ घण्टा भन्दा लामो समयदेखि त्यस क्षेत्रमा मुसलधारे पानी परिरहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । गाउँका केही मानिसलाई हेलिकप्टर मार्फत उद्धार गरी नजिकको बजार चाइटेन लगिएको छ । अहिले पनि उद्धार तथा हराएकाको खोजी भइरहेको छ । कोर्कोवाडो राष्ट्रिय निकुञ्ज नजिक रहेको गाउँ पर्यटकीय गन्तव्यको रुपमा रहँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group