रुपन्देही, ३ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताउनुभएको छ ।
कांग्रेस रुपन्देहीले भैरहवामा सोमवार आयोजना गरेको विरोध सभामा सभापति देउवाले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गर भने चुनावमा जाऔँला ।’
जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानुन भन्दै सभापति देउवाले कम्युनिस्टको झगडाले कांग्रेसमा समस्या सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यिनको झगडाले हाम्रो पार्टीमा समेत समस्या आइरहेको छ ।’
उहाँले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोग किन चुपचाप छ रु कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन ।’
प्रतिक्रिया दिनुहोस्