ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाद्वारा जमाल खाशोग्गी हत्याबारेको रिपोर्ट सार्वजनिक गर्ने तयारी


एबीसी / संवाददाता
१४ फाल्गुन २०७७, शुक्रबार   ९ : ५०   बजे

काठमाडौं, १४ फागुन । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्याबारे गरिएको अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ। यो रिपोर्टमा पत्रकार खाशोग्गीको निर्मम हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद बिन सलमानलाई जिम्मेबार ठहर गरिएको चर्चा छ।

अमेरिकी राष्ट्रपति जो बाइेडनले यो रिपोर्ट पढिसकेका छन् र उनले यसबारेमा साउदी अरबका बादशाह सलमानसँग कुराकानी पनि गरेका छन्। बाइडेनले साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई नयाँ शिराबाट हेर्न चाहेका बताएका छन्। राष्ट्रपति ट्रम्पको समयमा अमेरिका र साउदी अरब नजिकिएका थिए।

पत्रकार खाशोग्गीको अक्टुबर २०१८ मा टर्कीको साउदी वाण्ज्यि दूतावासभित्र हत्या गरिएको थियो र मृत शरीरलाई क्षतविक्षत गरिएको थियो। तर साउदी युवराजले यस घटनामा कुनै पनि रुपमा संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन्। खाशोग्गीलाई साउदी शाशकको आलोचक मानिन्थ्यो।

यस घटनामा साउदी अरबको अदालतले पाँचजनालाई मृत्‍यु दण्डको फैसला सुनाएको भए पनि पछि २० वर्षको जेल सजायमा बदलिएको छ। अमेरिकाले खाशोग्गीको हत्यासँग जोडिएको रिपोर्ट आजै सार्वजनिक गर्न सक्ने बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चार अमेरिकी अधिकारीको भनाई छ कि यस रिपोर्टमा साउदी युवराजको आदेश वा मन्जुरीमा हत्या भएको विषय उल्लेख छ। उनका अनुसार यो रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर निकायको महत्वपूर्ण भूमिका छ।

को हुन् खसोग्जी?

साउदी अरबका कट्टर आलोचक मानिने खसोग्जी एक चर्चित पत्रकार तथा लेखक हुन् । उनी अल अरब न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुन् ।

खसोग्जी सन् २०१७ सेप्टेम्बरमा साउदी अरबबाट भागेर अमेरिका पुगेका थिए । उनले देशबाहिरबाटै साउदी अरब सरकार र साउदीका शक्तिशाली युवराज सलमानको आलोचना गर्दै अखबारमा लेखहरु लेख्दै आएका थिए ।

उनले पछिल्लो समय ‘द वासिङटन पोस्ट’मा नियमित स्तम्भ लेख्दै आएका थिए । आफ्नो पूर्वश्रीमतीसँग सम्बन्धविच्छेद गरेका उनी टर्कीको एक महिलासँग विवाह गर्ने तयारीमा थिए ।

सम्बन्धविच्छेदको कागजपत्र लिन सेप्टेम्बर २८ मा उनी पहिलोपटक टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासमा गएका थिए ।

उनलाई त्यहाँबाट अक्टोबर २ मा फेरि आउन भनिएकाले उनी दूतावास गएका थिए तर, उनी त्यहाँबाट कहिल्यै फर्केनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group