काठमाडौं, १७ फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवाल बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको छ । बिहान ८ बजेदेखि जारी बैठकमा विकसित राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्दै आएको सचिवालय बैठक पार्टी विभाजनपछि पहिलोपटक सिंहदरवार संसदीय दलको कार्यालयमा बसेको हो । प्रतिनिधिसभा पुनःस्थापनापछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई बसेको भन्दै अविश्वासको प्रस्ताव अघि सार्ने तयारीमा रहेको प्रचण्ड–नेपाल पक्षका दुवै अध्यक्ष आइतबार चार घण्टा छलफल गरेका थिए । प्रतिनिधिसभा बैठक बस्नुअघि नै संसदीय दलमा बैठक राखेर प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्ष आधिकारिक रहेको सन्देश दिन खोजेको छ ।
प्रतिक्रिया दिनुहोस्