काठमाडौं, १७ फागुन । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।यसअघि बसेको मन्त्रिपरिषद बैठकमा छलफल भएपनि निर्णय भने भइसकेको थिएन । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेसन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपति कार्यालयलाई सरकारले अधिवेशन आह्वानको सिफारिस पत्र पठाएको छ । संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्