ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा अहिलेसम्म साढे दुई करोडले लगाए कोरोनाको खोप


एबीसी / संवाददाता
२८ फाल्गुन २०७७, शुक्रबार   ७ : ००   बजे

काठमाडौं, २८ फागुन ।  भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् ।देशभरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको यो विवरण बिहीबार दिउँसो १ बजेसम्मको भएको मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिनुभयो । मन्त्रालयले साप्ताहिक रुपमा सार्वजनिक गर्ने गरेको विवरणअनुसार बिहीबार यो विवरण सार्वजनिक गरेको हो ।खोपका कूल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका हुन भने अरु २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएका हुन् । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेक्रम चलिरहेको छ । स्वास्थ्य सचिव भूषणका अनुसार पुने, नागपुर, थाने, मुम्बई, बेङ्गलोर, एर्नाकुलम, अमरावती, जलगाउँ, नासिक, औरङ्गबादलगायतका क्षेत्रमा धेरै सङ्क्रमित रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि एक लाखभन्दा बढी सङ्क्रमित सक्रिय अवस्थामै रहेको पनि उहाँले जानकारी दिनुभयो । “धेरै सङ्क्रमित रहेका दश जिल्लामध्ये आठ जिल्ला महाराष्ट्र प्रदेशका मात्रै रहेका छन्,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । त्यसैगरी मध्य प्रदेश, गुजरात र हरियाना प्रदेश पनि धेरै सङ्क्रमित भएको प्रदेशमा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । भारतमा पछिल्लो २४ घण्टामा थप २२ हजार ८५४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १२६ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu