मंगलबार उत्तरी नाका रसुवागढी निरीक्षणमा निस्किएका बेला टिमुरेमा आयोजित स्वागत तथा बधाई कार्यक्रमम उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले राष्ट्रसेवक र नेपाली नागरिकले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अब परिवर्तन जरुरी रहेको बताउनुभयो । उहाँले अब देशमा बाम नेतृत्वमा सरकार र विकासका पाइला अघि बढ्ने दावी गर्नुभयो ।
निरीक्षणमा अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायत सहभागी रहनुभएको थियो । संघीय नेपालमा पहिलो पटक सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एमालेले बहुमत ल्याएपछि ओलीसहितको शीर्ष नेताहरुले रसुवागढीको निरीक्षण गरेका हुन् । ओलीले रसुवागढी नाकाको निरीक्षण गर्नुलाई महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्