ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चा पानीको अभावको सामना गरिरहेको युनिसेफको भनाइ


एबीसी / संवाददाता
७ चैत्र २०७७, शनिबार   ८ : ३१   बजे

काठमाडौं, चैत ७ ।  बिश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष ९यूनिसेफ० ले बिहीबार सार्बजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ । युनिसेफको पछिल्लो रिपोर्ट अनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्यधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहरूको अनुपात सबैभन्दा बढी छ अर्थात् पानीको अभाव सामना गरिरहेका बालबालिकामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत बालबालिका छन्, जसले दिनहुँ पर्याप्त पानीको पहुँचका लागि कठिनाइको सामना गरिरहेका छन् । यसपछि पश्चिम र मध्य अफ्रिकामा ३१ प्रतिशत, दक्षिण एशियामा २५ प्रतिशत र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको छ ।

दक्षिण एसियामा कूल १५ करोड ५० लाख बालबालिका अर्थात् विश्वमा अन्य षेत्रको तुलनामा बढी बालबालिका पानीको अभाबबीच बाँचिरहेका तथ्याङ्क रहेको छ ।

यूनिसेफले पानीको अभाब झेलिरहेका मुलुकहरूमध्ये अफगानिस्तान, बुर्किना फासो, इथियोपिया, हैटी, केन्या, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुआ न्यूगिनी, सुडान, तान्जानिया र यमनलगायतका ३७ मुलुकलाई समस्याग्रस्त मुलुकको अग्रस्थानमा राखेको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, “विश्वको पानी सङ््कट यत्तिकै आएको होइन यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको छ ।”

फोरले भन्नुभयो, “पानीको अभावका कारण सबैभन्दा बढी प्रभावित बालबालिकाहरू रहेको देखिएको छ । इनारहरू जब सुख्खा हुन्छन् बालबालिकाहरू विद्यालय छोडेर पानी बोक्न धाउन सक्छन् ।

खडेरीले खाद्यान्न आपूर्तिमा कमी भएपछि बच्चाहरू कुपोषण र शारीरिक वृद्धिमा प्रभाव पर्दछ । जब बाढी आउँछ उनीहरू नै पानीजन्य बिरामीहरूबाट बिरामी पर्दछन् र जब पानीको स्रोतको अभाव हुन्छ यसको प्रभावबच्चाहरूले रोगहरूविरुद्ध लड्न आफ्नो हात धुनसमेत पाउँदैनन् ।”

नयाँ रिपोर्ट युनिसेफको ‘सबैका लागि पानी सुरक्षा’ पहलको एक हिस्सा हो र प्रत्येक बालबालिकालाई दीगो तथा पानीको सेवामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्न पहल हो ।

“हामीले अहिले नै पानीको समस्यालाई सम्बोधन गर्नुपर्छ र यसलाई अझ खराब हुनबाट रोक्नको लागि पहल गर्नुपर्छ र यसको समाधान जलबायु परिवर्तनका स्रोतहरूलाई रोकेर यस ग्रहमा भविष्यका ताराहरूलाई पानीको अभावबाट कम प्रभावित बन्ने अवस्था सिर्जना गर्नु नै आजको आवश्यकता हो,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : ३८९ शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

चीनको तिब्बतमा थुनिएको ताल फुट्यो, नेपालमा उच्च सतर्कता

सम्बन्धित

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu