काठमाडौं, ५ पुस । सामान्य प्रशासनले प्रदेशीक सात मन्त्रालयको लागि भनेर दुई हजार कर्मचारीको विवरण तयार गरेको छ । सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने आवश्यक कर्मचारीको विवरण तयार पारिएको हो । प्रदेश प्रमुख नियुक्त हुनासाथ कर्मचारी खटाउन सहज हुने भएकाले विवरण तयार पारिएको प्रशासनले जनाएको हो ।
अहिले प्रदेश सरकार सञ्चालनका लागि अस्थायी व्यवस्थापन गरी कर्मचारीको विवरण तयार पारिएको हो । पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै ती प्रदेशका मन्त्रालयमा कर्मचारी पठाइनेछ । उहाँका अनुसार सचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मको विवरण तयार पारिएको हो ।
प्रदेश मन्त्रिपरिषद्मा सचिव र मन्त्रालयमा सहसचिव हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । मन्त्रालयले कर्मचारीको विवरण तयार पारेर सम्बन्धित केन्द्रीय मन्त्रालयसँग के कस्ता कार्य सञ्चालन गर्नुपर्दछ भनेर कामको विवरण पनि माग गरेको छ ।
प्रवक्ता न्यौपानेले सेवा सञ्चालन गर्ने मन्त्रालयले कामको विवरण उपलब्ध गराएपछि सो बमोजिम ती कर्मचारीलाई पठाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्