ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाले ब्राजिलमा एकै दिन ३ हजारको मृत्यु


एबीसी / संवाददाता
१२ चैत्र २०७७, बिहिबार   ८ : ३१   बजे

काठमाडौं, १२ चैत । ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ३ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ३ हजार २ सय ५१ जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले उल्लेख गरेको छ । यो भाइरसका कारण एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो । बुधबार साँझसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ६ सय ७६ पुगिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ । यसअघि कोरोनाका कारण लकडाउन नगर्ने र मास्कको प्रयोगको आलोचना गर्ने राष्ट्रपति जैर बोल्सोनारोले आफ्ना कदमको बचाउ गरेका छन् ।

‘हामीले निकै चाँडै सहजरुपमा हाम्रो जीवन निर्वाह गर्न थाल्ने छौं,’ देशभित्र र अन्तर्राष्ट्रिय स्तरमै निकै आलोचित बनेका बोल्सोनारोले बुधबार भने । तर त्यसको करिब ५ मिनेटपछि स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण ३ हजार २ सय ५१ जनाको ज्यान गएको जनाएको हो ।कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा ब्राजिल दोस्रो प्रभावित मुलुक हो । ब्राजिलमा २४ घन्टाको अवधिमा ८० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै ब्राजिलमा संक्रमितको संख्या १ करोड २१ लाख ३० हजार नाघेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ४३ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ । २९ करोड ९२ लाख ३३ हजारभन्दा बढी संक्रमित छन् । त्यस्तै संक्रमित संख्याका आधारमा प्रभावित देशहरूको सूचीमा भारत, रुस र फ्रान्स क्रमशस् तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २७ लाख ३६ हजार ६ सय २१ जनाले ज्यान गुमाइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १२ करोड ४३ लाख ३० हजार ४ सयभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

आर्कटिकमा खतरनाक खेल

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu