ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सय दिनमा २० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा


एबीसी / संवाददाता
१३ चैत्र २०७७, शुक्रबार   ७ : ३३   बजे

काठमाडौं, १३ चैत्र ।   अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताउनु भएको छ ।

अमेरिकामा कोरोेना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गर्नु भएको हो । बाइडेनले भन्नुभयो(‘आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु । हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिनेछौँ ।’ राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य महत्वाकांक्षी भए पनि पूरा गर्न आफूहरु सफल हुने विश्वास व्यक्त गर्नु भएको छ ।

बाइडेनले भन्नुभयो(‘मलाई थाहा छ यो महत्वाकांक्षी हो हाम्रो मूल लक्ष्यभन्दा दुई गुणा धेरै । तर कुनै अर्को देश यसको नजिक पनि पुगेको छैन जे हामी गरिरहेका छौँ । मलाई पूरा विश्वास छ यसमा हामी सफल हुने छौँ।’

अमेरिकामा अहिलेसम्म १३ करोड खोप वितरण

अमेरिकामा अहिलेसम्म कोरोना विरुद्धको १३ करोड डोज वितरण भइसकेको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई सङ्क्रमण भएको छ । गएको २४ घण्टामा मात्रै ६२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । यस्तै गएको २४ घण्टामा १ हजार २४ जनाको ज्यान गएको छ ।

अहिलेसम्म सङ्क्रमणका कारण ५ लाख ५९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group