ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल बनाउन नयां उद्योग निति बनाउ : उपराष्ट्रपति पासाङ


sharan sharan
६ पुस २०७४, बिहिबार   ४ : ४३   बजे

बुटवल, ६ पुस ।
उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले थोरै महंगों भए पनि आफ्नो देशमा उत्पादित बस्तु प्रयोग गर्दा देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।
बुटवल उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आजबाट बुटवलमा सुरु भएको १४ औ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन गर्दै उपराष्ट्रपति पुनले सस्तो सामान खरिद गर्ने र मुनाफा धेरै लिएर रातारात धनि हुने मानसिकता बाट मुक्त हुन ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहांल पुरानो औधोगिक नितिलाई परिबर्तन गरि नयां उधोग निति बन्न आवश्यक रहेको बताउंदै राज्यको उद्योग निती निर्यातमुखि बन्न जरुरी रहेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले विभिन्न कालखण्डका आन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धीहरुलाई संस्थागत गरेको नयां संविधान कार्यान्वयनलाई सुखद पूर्णता दिंदै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भर्खरैमात्रै सम्पन्न भएको भन्दै निर्वाचनमा आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने आम मतदाताहरुमा बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले बुटवललाई प्रदेश केन्द्र बनाउनबाट दांयाबांया बनाउन खोजिए आन्दोलनको आंधी सृजना हुने चेतावनी दिनुभयो ।
मुल आयोजक समितीका अध्यक्ष दिनेश राज रेग्मीले सरकारले जिम्मा दिए बुटवलमा निजीक्षेत्रले स्थायी प्रदर्शनी स्थल बनाउन तयार रहेको बताउनुभयो ।
५ सय बढी स्टलहरु रहेको प्रदशनीमा स्वदेशी उत्पादनहरु मात्र उपलब्ध रहेको आयोजकले दाबी गरेकाछन् । १२ दिन सम्म चल्ने प्रदर्शनीमा ६ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu