ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार


एबीसी / संवाददाता
३१ चैत्र २०७७, मंगलबार   १ : २६   बजे

लन्डन, ३१ चैत (एएफपी) – सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ । डिजिटल मुद्रा क्वाइनबेस न्यूयोर्कमा मङ्गलबार सूचीकृत हुँदैछ । १२ वर्षअघि स्थापित क्वाइनबेसको सफलताका बारेमा एएफपीले अनुसन्धान गरेको छ । बिटक्वाइन विश्वव्यापी वित्तीय सङ्कटको उभार चलिरहेको अवस्थामा सन् २००८ अक्टोबर ३१ मा एकदुई जना अज्ञात व्यक्तिहरु, जसलाई सातोशी नाकामोतोको काल्पनिक नामबाट चिनिन्थ्यो, ले बिटक्वाइनका बारेमा श्वेतपत्र प्रकाशन गरे । श्वेतपत्रमा भनिए झैं यसको मुख्य लक्ष्य नै भुक्तानीको एउटा चलायमान र विना अवरोधको विद्युतीय साधन निर्माण गर्नु थियो । यस्तो भुक्तानीलाई देशका केन्द्रीय बैंक वा वित्तीय संस्थाको निगरानीबाट सुरक्षित राख्ने अर्को लक्ष्य थियो । यस्तो कारोबारलाई सफ्टवेयरबाट नियमन गर्ने बनाइयो जहाँ यसका नियमलाई परिवर्तन गर्न लगभग असम्भव हुन्थ्यो । कुनै पनि व्यक्तिले नयाँ बिटक्वाइन आफ्नो बनाउन सक्थ्यो, र यसका लागि विशाल तथ्याँक केन्द्रको जरुरत हुन्थ्यो । र यसका निम्ति क्वाइनबेस जस्ता प्लेटफर्मले क्रिप्टोकरेन्सीको व्यापारलाई सहजीकृत गरेको थियो ।
बैंक र पे पल बाट उपलब्ध निश्चित डिजिटल मुद्राहरुले पनि भुक्तानी र कारोबारलाई सहजीकरण भइरहेका छन् । सन् २००९ को शुरुमा पहिलो लटमा ५० थान बिटक्वाइन सिर्जना गरिएयता हालसम्म झण्डै एक करोड ८७ लाख बिटक्वाइन बनाइएका छन् । नाकामोतोले दुई करोड १० लाख बिटक्वाइन बनाउने श्वेतपत्रमा लेखेका छन् । लगानी बिटक्वाइनबाट हुने सीमित भुक्तानी र यसको अस्थिरताका बाबजूद सुनजस्तो बहुमूल्य वस्तुलाई पनि यसले उछिन्ने अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा सुनभन्दा बिटक्वाइनमा लगानी बढ्ने आँकलन गर्न थालिएको छ ।
नाइजेरियामा हालैका वर्षहरुमा डलरको तुलनामा आफ्नो मुद्रा नाइरालाई ५० प्रतिशतले अवमूल्यन गरिएको छ । नाइजेरियामा हाल झण्डै एक तिहाई मानिसले क्रिप्टोकरेन्सी प्रयोग गर्न थालेको दाबी गरिएको छ । सन् २०१८ मा बिटक्वाइनको मूल्यमा गिरावट आए पनि गत वर्षको अन्त्यदेखि फेरि यसको मूल्य अकाशिएको छ । गत वर्ष अक्टोबरमा प्रति बिटक्वाइनको मूल्य १२ हजार डलर रहेकामा एक महिना अघिमात्र यसको मूल्य ६० हजार डलरभन्दा बढी पुगेको छ
। यस पृष्ठभूमिमा केन्द्रीय बैंक र बजार नियामकहरुले बिटक्वाइनको अस्थिरताका बारेमा सर्वसाधारणलाई सचेत रहन चेतावनी दिएका छन् । उनीहरुले साना लगानीकर्ताले ज्यादै बढी नोक्सानी व्यहोर्नुपर्ने खतरा औंल्याइरहेका छन् । तर स्पष्ट के छ भने केही व्यक्ति एवं कम्पनीले बिटक्वाइनबाट ठूलो लाभ प्राप्त गरेका छन् । यही पक्षलाई विचार गरी प्रमुख केन्द्रीय बैंकहरुले आफ्नै डिजिटल मुद्राको सम्भाव्यता अध्ययन गर्न थालेका छन् । विद्युतीय कार निर्माता टेस्लाले हालैमात्र बिटक्वाइनमा एक अर्ब ५० करोड डलर लगानी गरेको छ । गत मार्चदेखि टेस्लाले कारको भुक्तानीका लागि यही मुद्रालाई स्वीकार्न थालेको छ ।
टेस्लाका अर्बपति प्रमुख कार्यकारी एलन मस्कले क्रिप्टोकरेन्सीका गुणका बारेमा सामाजिक संजालमा पनि खुलेरै लेखेका छन् । अन्य क्रिप्टोकरेन्सीहरु बिटक्वाइनका प्रतिस्पर्धी रुपमा धेरै किसिमका क्रिप्टोकरेन्सी विश्व बजारमा छन् । बजारमा दोस्रो स्थानमा हाल इथेरियम छ, र यसको मूल्य यसैसाता २ हजार डलरभन्दा माथि पुगेको छ । क्रिप्टोकरेन्सीको बजार समग्रमा २० खर्ब डलरभन्दा माथि पुगिसकेको क्वाइनमार्केटएपले जनाएको छ । यसले ९ हजार भन्दा बढी क्रिप्टोकरेन्सी सूचीकृत गरेको छ । केही क्रिप्टोकरेन्सीलाई “स्टाबलक्वाइन्स” पनि भन्ने गरिएको छ जसको मूल्य अमेरिकी डलर बराबर हुने गरेको छ । यी मुद्रामा बिटक्वाइनमा देखिएजस्तो अस्थिरता छैन । ––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group