ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नौटङ्की माया’ लोकार्पण


एबीसी / संवाददाता
३ बैशाख २०७८, शुक्रबार   ७ : ०७   बजे
मोरङ, ३ वैशाख (:प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गर्नुभयो । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको यो पहिलो कथा सङ्ग्रह हो । विभिन्न नौ शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा सङ्ग्रहका सम्बन्धमा आरसी थपलिया, हिमराज अधिकारी, यजुर्वेदानन्दप्रसाद भट्टराईलगायतले चर्चा गर्नु भएको छ । सो अवसरमा प्रदेश प्रमुख अधिकारीले साहित्य मानव जीवनको सबैभन्दा सुन्दर पक्ष हो भन्दै साहित्यिक कृति लोकोपकारको पक्षमा हुनुपर्ने बताउनुभयो ।
उहाँले साहित्य देश, समाज, धर्म, परम्परा, रीतिरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृति समाज परिवर्तनतर्फ मुखरित हुनुपर्ने बताउनुभयो । कथा सङ्ग्रहमा सामाजिक, राजनीतिक र माया प्रेमका विषयलाई समेटिएको छ । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरे तथा प्रदेशसभा सदस्य सर्वध्वज साँवालगायतले साहित्यले समाजलाई नैतिक बनाउन ठूलो भूमिका खेल्ने बताउनुभयो । –––रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu