ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हँसाई बाट थाहा हुन्छ व्यक्तिको स्वभाव


admin
७ पुस २०७४, शुक्रबार   ५ : २७   बजे

काठमाडौं, ७ पुस । तपाई दिनमा कति पल्ट हाँस्नुहुन्छ ? पक्कै पनि घत लाग्ने विषयले जिजिबिसामा लौ हो त भनेर जति पल्ट छुन्छ त्यति नै पल्ट हाँसिन्छ । हाँस्ने बेला कोही गलल हाँस्छ, कोही मुसूमुसू हाँस्छ । कोही नाकले हाँस्ला, कोही दातले हाँस्ला, कोही घाँटिभित्रै हुमहुम गर्दै हाँस्ला त कोही भने मनैमनै हासिदेला । हो, हामि सबैको यस्तै हाँस्ने आफनै विशेष तरिका हुन्छ । कसरी हाँस्ने भन्ने हाम्रो बस बाहिरको विषय हो । निद्रा लाग्दा हाई काढे जस्तै घत लाग्ने विषयमा मुस्कुराउनु वा हाँस्नु हाम्रो शरीरले जनाउने एक सामान्य स्वचालित प्रतिक्रिया हो ।

यहाँ,कुरा निकाल्नुको सन्दर्भ चाँही के हो भने व्यक्तिको हाँस्ने तरिकाले उसको स्वाभावबारे पत्ता लगाउन सकिने शास्त्रमा उल्लेख गरिएको छ । समुन्द्रशास्त्रमा व्यक्तिको हाँस्ने तरिकाको आधारमा उसको स्वभाव कस्तो हुन्छ भनि उल्लेख गरेको छ
खित्का छाडेर हाँस्ने व्यक्ति

जो व्यक्ति खित्का छाडेर हाँस्छन् उनीहरु उत्साही प्रवृत्तिको हुने शास्त्रमा उल्लेख । यस्ता व्यक्तिहरु उच्च बौद्धिक क्षमता भएका, सहनशील साथै मनमा छलकपट नभएका र आवश्यक परेको समयमा मानिसको सदैव सहयोग गर्न तयार रहने खालका हुने उल्लेख गरिएको छ :

जोड जोडले आवाज निकालेर हाँस्ने व्यक्ति

हाँस्ने बेला जोड जोडले आवाज निकालेर हाँस्ने व्याक्तिहरु स्वाभिमानी र परिश्रमी हुने शास्त्रमा उल्लेख छ । यस्ता व्यक्ति जीवनमा सफल हुने पनि उल्लेख गरिएको छ ।

मन्द मुस्कानसहित हाँस्ने व्यक्ति

यदि तपाई यस्तो किसिमले हाँस्ने समुहमा पर्नुहुन्छ भने बुझ्नुहोस तपाईलाई हत्तपत्त रिस उठ्दैन र कठिन समयमा पनि धैर्यताका साथ काम पूरा गर्नुहुन्छ । शास्त्रमा यसरी हाँस्ने व्यक्तिको स्वभाव गम्भिर प्रकृतीको हुने, बौद्धिक हुने र कठिन समयमा पनि धैर्यताका साथ काम गर्ने हुन्छन् भनी उल्लेख गरिएको छ ।

रोकिएर हाँस्ने व्यक्ति

कोही व्यक्ति हाँस्न पनि चर्को मूल्य लाग्ने जस्तो गरी हाँस्छन् । अर्थात् बीचमा रोकिएर हाँस्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुने र विवेकको सट्टा भावनाले निर्णय गर्ने हुन्छन् भनि शास्त्रमा उल्लेख छ । तर यस्ता व्यक्तिको बचत गर्ने बानी विशेष प्रकारले भरिएको हुन्छ भनि शास्त्रमा उल्लेख छ ।

तपाईको हाँस्ने तरिका र स्वभाव मिल्यो कि मिलेन त ? कमेन्ट गर्न कन्जुस्याई नगर्नु होला ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group