ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाद हुँदा तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले दिए राजिनामा


sharan sharan
८ पुस २०७४, शनिबार   ४ : ४१   बजे

खोटाङ , ८ पुस । गाउँपालिकाको केन्द्रका विषयमा असहमती जनाउँदै खोटाङको दिप्रुङ गाउँपालिकाका तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले राजीनामा दिएका छन्। सछितापोखरीको तृतिय भञ्ज्याङमा प्रस्तावित केन्द्रलाई सछितापोखरीको नाराङ्गा वा डाँडागाउँ ओख्रेमा सार्नुपर्ने पक्षमा /x]sf दिप्रुङ गाउँपालिका–१ याम्खाका वडाध्यक्ष शमशेरबहादुर खत्री, दिप्रुङ गाउँपालिका–२ डाडाँगाउका वडाध्यक्ष भिमबहादुर खत्री र दिप्रुङ गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर मगरसहित १४ जनप्रतिनिधिले संयुक्त राजीनामा दिएका हुन्। गाउँपालिकाको केन्द्र टुंग्याउने विषयमा बिहिबारदेखि सुरु भएको छलफलमा छोरम्बु, बतासे, सछितापोखरी र छितापोखरीका वडाका जनप्रतिनिधि सछितापोखरीको ह्याकुले भञ्ज्याङदेखि तृतिय भञ्ज्याङसम्मको क्षेत्रमा केन्द्र राखिनुपर्ने अडान लिएपछि उनीहरुले शुक्रबार साँझ राजीनामा दिएका हुन्।

जनप्रतिनिधिको एक समूह सछितापोखरीको ह्याकुलेदेखि तृतिय भञ्ज्याङ आसपासमा तथा अर्को समूह नाराङ्गा वा डाँडागाउँ ओख्रेमा केन्द्र राख्नुपर्ने पक्षमा बिभाजित भएर विबादमा उत्रिएपछि निष्कर्ष बिहिन बनेको बैठक गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले पुस १० गतेसम्मका लागि स्थगित गरेको सूचना टाँस गरेका छन् । राज्य पुनसंरचना आयोगले भने दिप्रुङ गाउँपालिकाको केन्द्र सछितापोखरी तृतिया भञ्ज्याङ तोकेको थियो । हाल सोही स्थानबाट गाउँपालिकाको कामकाज सञ्चालन हुँदैआएको छ । तृतिया भञ्ज्याङकै आसपासमा रहेको ह्याकुले भञ्ज्याङमा केन्द्रका लागि १११ रोपनी जग्गा समेत प्राप्त भइसकेको माओबादी केन्द्रका नेता दिपक पाण्डेले बताए ।

स्थानीय सरकार शासन सञ्चालन सम्बन्धी ऐन २०७४ अनुसार गाउँपालिकाको केन्द्र र नाम ६ महिनामा टुङ्गो लगाईसक्नु पर्ने प्रावधान अनुसार गाउँपालिकाले छलफल थालेको थियो। ‘केन्द्रका विषयमा भएको बिवाद नटुंगिएकाले बैठक रोकिएको छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘राजनीतिक दल र असन्तुष्ट पक्षलाई समेट्न प्रयास गर्दा पनि नभए विधि र प्रक्रिया अनुसार केन्द्रको टुङ्गो लगाईनेछ।’ दिप्रुङ गाउँपालिका घर भएका कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले सहमतीमा सबैको पायक पर्ने ठाउँमा केन्द्र राख्नका लागि सहमती कायम गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu