ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सुरक्षा कायम गर्नका लागि जनअपेक्षा अनुसार काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन : एआईजी कायस्थ


admin
९ पुस २०७४, आइतबार   ४ : ३१   बजे
सिरहा, ९ पौष । प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले शान्ति सुरक्षा कायम गर्नका लागि जनअपेक्षा अनुसार काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका हुन् । ईलाका प्रहरी कार्यालय बन्दिपुरको नवनिर्मित भवनको आज (आइतवार) उद्घाटन गर्दै अतिरिक्त महानिरीक्षक कायस्थले नेपाल प्रहरीले पब्लिकसंग सहकार्य गरि अगाडि बढिरहेको क्रममा सिरहाबासीले देखाएको उदारता र सहकार्यताले सेवा अझै प्रभाबकारी भएको बताए ।
बन्दिपुर ईलाका प्रहरी कार्यालय परिसरमा आयोजित कार्यकममा २ नम्बर प्रदेश प्रहरी प्रमुख समेत रहेका कायस्थले राम्रो, प्रभावकारी र प्रविधिले युक्त नेपाल प्रहरी बनाउने तर्फ प्रयास जारी रहेको जनाए । उनले नागरिक समाजले शान्ति सुरक्षाको बारेमा चर्चा र सरोकार मात्रै राखेर नहुने भन्दै शान्ति सुरक्षा कायम गर्ने सबालमा नागरिक समाजको सहभागिता आवश्यक रहेको स्पष्ट गरे ।
नागरिकको सक्रिय सहभागिता विना प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न कठिन रहेको समेत उनले बताए । अतिरिक्त महानिरीक्षक कायस्थले आजै सिरहाको सुखिपुरमा नवनिर्मित ईलाका प्रहरी कार्यालयको भवनको समेत उद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
 
अतिरिक्त महानिरीक्षक कायस्थको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघका उपाध्यक्ष सविता कायस्थ, संघिय प्रहरी ईकाई कार्यालय राजविराजका प्रहरी बरिष्ठ उपरिक्षक हरिभक्त प्रजापति, सिरहाका निमित प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई, नयाँ गोरख गणका गणपति प्रमुख सेनानी मनोज भण्डारी, राष्ट्रिय अनुसंधान कार्यालय सिरहाका उप–निर्देशक रिबेन गच्छदार, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरिक्षक गोपाल गुरुंग, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोईराला, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्ध बज्राचार्य, कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान लगायतका सहभागिता रहेका थिए ।
 
एक करोड ६८ लाखमा सुविधा सम्पन्न भवन ईलाका प्रहरी कार्यालय बन्दिपुरको नवनिर्मित भवन मुल्य अभिबृद्धि करसहित १ करोड ६८ लाख ७८ हजारको लागतमा निर्माण भएको छ । ८ कट्ठा जग्गामा निर्माण भएको प्रहरी भवनमा कार्यालय, आवास, शौचालय, महिला र पुरुषका लागि बैग्ला बैग्लै हिरासत कक्ष गरी १३ बटा कोठाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Imposes Lifetime Accountability for Environmental Damage by Officials

Asia-Pacific Youth Discuss Green Energy Transition in Shenzhen

China Advances Key Legal Revisions, Including Road Safety and Anti-Corruption Measures

China, India Hold Latest Round of Boundary Talks in Beijing

Chinese Ambassador Meets with Nepali Foreign Secretary

Pokhara Tourism Entrepreneurs Seek UAE Ambassador’s Support for New Dubai Flights

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu