ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस भ्रातृसंस्थाबाट अध्यादेश तुरुन्त जारी गर्न माग


admin
१० पुस २०७४, सोमबार   २ : ५२   बजे

काठमाडौँ, १० पुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग गरेका छन् ।

भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखले आज पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाएको उक्त अध्यादेश हालसम्म जारी नभएकोमा दुःखसमेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले प्रतिनिधिसभा र प्रदेशसभाका साथै राष्ट्रियसभाको निर्वाचन गराउने दायित्व पनि वर्तमान सरकारको रहेको उल्लेख गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोडेर ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको अनिवार्य व्यवस्था संविधानमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रियसभाको निर्वाचन नगरी प्रतिनिधिसभामा महिला सदस्यको संख्या यकिन हुन नसक्ने हुनाले तत्काल राष्ट्रियसभाको निर्वाचन गरेर मात्र प्रतिनिधिसभाले पूर्णता पाउनेछ ।”

अध्यक्ष रेग्मीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा आममतदाता, सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, शिक्षक, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सरोकारवाला सबैलाई धन्यावाद दिनुभयो ।

संविधानमा राष्ट्रपतिको भूमिका आलंकारिक रुपमा मात्र रहेको तथा संविधानको पालना र संरक्षण राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि परामर्शको बहानामा दुई महिनादेखि अध्यादेश जारी नहुनु दुःखद् भएको कार्यक्रममा विपरीत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महिला संघका अध्यक्ष रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रजातान्त्रिक कानूनी व्यवसायी संघका अध्यक्ष भरतप्रसाद खरेल र नेपाल दलित संघका कार्यबाहक अध्यक्ष शम्भुहजारा पासवानले तत्काल अध्यादेश जारी नभए आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बालेन र रविबीच ४५ मिनेट भेटवार्ता, सरकार सञ्चालनदेखि नियुक्तिसम्म छलफल

सम्बन्धित

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

स्वास्थ्य बीमामार्फत ४२ हजारभन्दा बढी कडा रोगका बिरामीले उपचार पाए

भदौ ९ देखि ‘नाडा अटो शो २०२६’ आयोजना हुँदै, २०० स्टल रहने

चार महिनामा देशभर विपद्का ४ हजार ४५२ घटना, २०५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu