ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठोरी प्रदेश नं ३ मा गाभिन्छः अध्यक्ष दाहाल


sharan sharan
१० पुस २०७४, सोमबार   ७ : १८   बजे

चितवन १० पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता जनाएका छन् ।
पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उनले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा राख्ने भनिए पनि मधेस आन्दोलनका कारण हुन नसकेको बताए ।

अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो प्राथमिकता नै ठोरीलाई ३ नं प्रदेशमा गाभ्ने काम हुने बताउँदै यसअघि नै ठोरीलाई प्रदेश नं।३ मा गाभिने सो गाउँपालिकाले सर्वसम्मत निर्णय गरेकाले यसको कार्यान्वयनका लागि सहज भएको धारणा व्यक्त गरे ।

नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत सो नाकाबाट भित्रिएको स्मरण गर्दै उनले यो नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताए ।

अध्यक्ष दाहालले भने, ुत्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ, यो निकै छोटो र उत्कृष्ट मार्ग बन्नेछ ।ु

चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उनले बताए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवादज्ञापन गर्न जाने क्रममा अध्यक्ष दाहाल ठोरी पुगेका थिए ।

अध्यक्ष दाहालले आजै चितवनको बाँदरझुलाका बासिन्दालाई पनि धन्यवादज्ञापन गरे । बाँदरझुलामा आयोजित कार्यक्रममा उहाँले अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै सुकुम्वासी समस्या समाधानका लागि ठोस निर्णय गर्ने बताए ।

अध्यक्ष दाहालले पछिल्ला समय पार्टी एकताका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति खण्डन गर्दै एमाले र माओवादी केन्द्र बीचको एकताका विषयमा शंका नगर्न आग्रह गरे । राष्ट्रियसभाको गठन सबैको सहकार्य र सहमतिमै हुने पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu