ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधुनिक प्रविधि उन्मुख हाते कागज उत्पादन


admin
११ पुस २०७४, मंगलबार   १ : ५६   बजे

 

बागलुङ, ११ पुस । बागलुङका उद्यमीले आधुनिक प्रविधि प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् । बागलुङ जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि जंगलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिएको थियो ।

परम्परागत प्रविधिबाट दैनिक एक सय थान कागज उत्पादन हुने गरेकामा यन्त्रको प्रयोगले दैनिक ४०० थान कागज उत्पादन हुने गरेको छ । जुल्फे सामुदायिक लोक्ता प्रशोधन तथा नेपाली कागज उत्पादन समूहका अनुसार आधुनिक प्रविधिको प्रयोगले उत्पादनको मात्रा र गुणस्तर बढेको छ । समूहमा आबद्धमा छजना उद्यमीले अहिले नियमितरुपमा कागज उत्पादन गरिरहेको सो समूहका अध्यक्ष खिमलाल कँडेलले बताउनुभयो ।

केही समयअघि भक्तपुर हस्तकला केन्द्रले गाउँमै पुगेर २१ जना स्थानीयवासीलाई हाते कागज उत्पादनसम्बन्धी सीप प्रदान गरेको थियो । “उत्पादन बढेसँगै बजार मागमा पनि वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यान्त्रिकीकरणले नेपाली कागज लोप हुनबाट जोगिएको छ ।”

दुई दशक अघिदेखि उद्यमीले घरेलु प्रविधि अपनाएर हाते कागज उत्पादन गर्दै आएका थिए । कागजसँगै बजारलाई लक्ष्य गरी यसबाट बन्ने विभिन्न सामग्री उत्पादन गरी बिक्री गर्ने गरिएको छ । किसानले जंगलमा गएर ल्याएको लोक्ता प्रशोधन गरी कागज बनाउने गरिएको उद्यमी थिरमती घर्तीले बताउनुभयो ।

नेपाली कागजको उत्पादन र प्रवद्र्धनलाई सघाउन बहु सरोकारवाला वन कार्यक्रमले उद्यमीलाई एक थान लोक्ता प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएको छ । यस्तै, बागलुङ उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत एक थान कागज काट्ने आधुनिक यन्त्र उपलब्ध गराएको छ । संघले नेपाली कागजको उत्पादन र बजारीकरणमा टेवा पुर्याउन विभिन्न प्रवद्र्धनात्मक काम गरिरहेको छ । आधुनिक यन्त्रले झण्झट हट्नाका साथै काममा सहजता आएको उद्यमीहरु बताउँछन् ।

फुर्सदको समयमा लोक्ता संकलनका लागि जंगल जाने किसान पनि उत्पादनको माग बढेपछि खुशी छन् । स्थानीय किसानले संकलन गरेको लोक्ता प्रतिकिलो रु ४०० मा समूहले खरिद गर्ने गरेको छ । नेपाली कागज उत्पादनका लागि थप जनशक्ति आवश्यक रहेको छ । ताराखोलामा उत्पादित कागज प्रतिग्राम रु एकमा बिक्री हुने गरेको समूहका कोषाध्यक्ष घर्तीले जानकारी दिनुभयो । थोरै मात्रा स्थानीयस्तरमै कागज खपत हुने गरे पनि अधिकांश कागज भक्तपुर हस्तकलाले खरिद गर्ने गरेको छ ।

नेपाली कागजलाई अझ व्यावसायिक बनाउन आवश्यक रहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत बागलुङमा नेपाली कागजको प्रवद्र्धन भइरहेको उहाँको भनाइ छ । जंगलमा त्यसै खेर जाने लोक्ताको संकलन, उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयवासीले पर्याप्त लाभ लिन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu