ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा लक्षित रोजगारी बढाउने समझदारीपत्रमा हस्ताक्षर


admin
११ पुस २०७४, मंगलबार   ३ : ३२   बजे

काठमाडौँ, ११ पुस । युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगारमुलक उद्योग खोली गरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उद्योगमन्त्री सुनीलबहादुर थापा, राज्यमन्त्री रेशमबहादुर लामा र सचिव यामकुमारी खतिवडाको उपस्थितिमा औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोइराला र युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले आज यहाँ उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

स्थानीय स्रोतसाधन परिचालन गरी कृषि, वन, पर्यटन, परम्परागत सीप र सेवामा आधारित उद्यमको माध्यमद्वारा गरिब तथा बेरोजगार युवालाई उद्यमशील बनाइ मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा सहभागी गराउने कार्यमा उक्त समझदारीले सघाउ पु¥याउने बताइएको छ ।

सो कार्यक्रम कार्यान्वयनबाट युवा उद्यम कार्यक्रम तथा विकासका लागि आवश्यक पर्ने व्यवस्थापन तथा प्रविधि खरिद गर्न युवालाई बिनाव्याज ऋण उपलब्ध गराउनुका साथै ज्ञान सीप प्रदान गर्ने र स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी स्वरोजगार बनाउ सहयोग पुग्नेछ ।

कार्यक्रममा उद्योगमन्त्री थापाले बेरोजगार युवालाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिंदै सरकारका युवा लक्षित कार्यक्रम कार्यान्वयनका लागि यस समझदारीबाट ठूलो सहयोग पुग्ने र जनता तथा मन्त्रालयबीच प्रत्यक्ष सम्पर्क बढ्ने धारणा व्यक्त गर्नुभयो ।

उद्योग राज्यमन्त्री लामाले युवा जनशक्तिबिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने चर्चा गर्दै समझदारीपछि स्थानीय तहमा भएको तालीमको दोहोरोपन हट्ने र परिणाममुखी नतिजा हासिल हुने बताउनुभयो ।

उद्योग सचिव खतिवडाले बेरोजगार युवा तथा महिला लक्षित यस कार्यक्रममार्फत संस्थागतरुपमा समन्वय र सहकार्य भई थप रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौतापश्चात् परिषद्मार्फत युवा उद्यम विकास कार्यक्रम निर्देशिका, २०७३ बमोजिम ‘एक निर्वाचन क्षेत्रको एक वडामा दश युवा एक उद्यम’ कार्यक्रम कार्यान्वयन गर्न युवा उद्यमी छनौट गरी स्थानीयस्तरमा सीप विकास तालीम सञ्चालन तथा प्रविधि हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै सामाजिक परिचालन, उद्यमशीलता विकास, सीप विकास, वित्तीय पहुँचमा सहजीकरण, उपयुक्त प्रविधिमा पहुँच, बजार पहुँच र व्यावसायिक परामर्शजस्ता सेवा प्रदान गर्न सहयोग मिल्ने भएको छ । यसको कार्यान्वयनबाट मुलुकभित्रै रोजगारी सिर्जना गरी आगामी १० वर्षभित्र श्रमका लागि विदेश जानेक्रम न्युनिकरण हुुने बताइएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै मन्त्रालयका सहसचिव कोइरालाले स्थानीय तहमा उद्योग र उद्यमशीलताको विकास, रोजगारी सिर्जना र गरिबी निवारण कार्यक्रमको कार्यान्वयनमा समन्वय र सहकार्यका साथै संघीयता कार्यान्वयनमा योगदान पुग्ने बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवा लक्षित कार्यक्रमलाई परिणाममुखी बनाउने कार्यमा यो एउटा राम्रो शुरुआत भएको जानकारी दिनुभयो ।

समझदारीपत्रअनुसार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकासलगायत विभिन्न विषयमा सीप विकास तालीम प्रदान गरिनेछ भने परिषद्बाट देशका सबै जिल्लामा जिल्ला युवा समितिको कार्यालयमार्फत युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu