ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका प्रचण्ड छलफलको तयारीमा


sharan sharan
१२ पुस २०७४, बुधबार   ८ : ५४   बजे

काठमाडौं, १२ पुस ।  एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफलको तयारी भएको दुवै जनाको निजी सचिवालयले जनाएको छ । तर समय भने तय भैसकेको छैन । यसअघि पाँच दिनको चितवन बसाईपछि मंगलबार काठमाडौं फर्किएका माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग हिजै भेट्ने भनिएपनि छलफल हुन सकेको थिएन । आजको भेटमा दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने सम्भावना छ ।


चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भनेपनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ ।

एमाले र माओवादीले असोज तेस्रो हप्ता दुवै पार्टी एकीकरण गर्ने घोषणा गर्दै त्यसको प्रारम्भ चुनावी तालमेलबाट सुरु हुने बताएका थिए । दुई चरणमा भएको प्रतिनिधि तथा प्रदेशसभाका चुनावमा दुवै दलले ४० र ६० को अनुपातमा तालमेल गरेका थिए ।

मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षतर्फ वामपन्थी गठबन्धनले झण्डै दुईतिहाइ बहुमत ल्याएको छ भने सात प्रदेशमध्ये ६ प्रदेशमा सरकार बनाउने अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu