काठमाडौं १२ पुस । बहुप्रतिक्षित बन्न पुगेको एमाले अध्यक्ष र माओवादी अध्यक्षबीचको छलफल एक हप्तापछि आज भएको छ । । गत शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी बाहिर गएपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन ।
विभिन्न आशंका बढिरहेका बेला आज माओवादी अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रचण्डसंगको भेटका लागि ओली प्रतिक्षारत थिए । स्रोतका अनुसार पार्टी एकता र सरकार गठनका विषयमा ठोस सहमति भएको छ । दुई नेताबीचको छलफलको निश्कर्षका बारेमा दुबै नेताले केही बताएका छैनन्।
प्रतिक्रिया दिनुहोस्