काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त हुनुभएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता परियारलाई आजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
समाजशास्त्रमा स्नातकोत्तर परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । परियारले आमसञ्चार विषयमा संयुक्त राज्य अमेरिकाको ओहायो विश्वविद्यालयबाट ६ महिने कोर्षसमेत गर्नुभएको छ ।
यसअघि, परियारले समय साप्ताहिक, नागरिक दैनिकमा समेत काम गरिसक्नुभएको छ । तनहुँको भानु नगरपालिकामा जन्मिनुभएका परियारले खोज पत्रकारिताको विषयमा बेलायतको ‘थम्सन फाउण्डेसनबाट अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाउनुभएको छ । रासस
प्रतिक्रिया दिनुहोस्