ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै डाँकू वाल्मिकी नहुँदारहेछन् –निवर्तमान मुख्यमन्त्री गुरुङ


एबीसी / संवाददाता
३० जेष्ठ २०७८, आइतबार   १२ : २६   बजे

पोखरा, ३० जेठ । आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको बताउनुभएको हो ।

गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उहाँले भन्नुभयो , ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’ गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री पनि बनाउनुभएको थियो ।

तर पछिल्लो पटक उहाँ कित्ता फेरेर विपक्षी तिर लागेपछि वैकल्पिक सरकार बनेको छ । निवर्तमान मुख्यमन्त्री गुरुङले आफूलाई यो भन्दा ठूलो धोका अरु नहुने बताउनुभयो । रुपान्तरण हुने अवसर हो भन्ने ग्रहण नगरेकाहरुले यसरी धोका दिने भन्दै उहाँले भन्नुभयो, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’ आफूले चाहेको भए मनाङेको सांसद पद जाने भएपनि त्यसो नगरेको समेत उहाँले बताउनुभयो । एउटा स्वतन्त्र सांसद कुनै अर्को संसदीय दलमा प्रवेश गरेर फेरि स्वतन्त्र हुन नपाइने भन्दै उहाँले भन्नुभयो , ‘यति सुविधा दिउँ न भनेर दिएको मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu