ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु


sharan sharan
१३ पुस २०७४, बिहिबार   १० : ०१   बजे

नयाँ दिल्ली, १२ पुस ।   दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ ।

यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको स्थानीय सञ्चारले जनाएका छन् ।

मलापुराम जिल्लाको पोननानी कोले इलाका नजिकै रहेको जलक्षेत्रमा मङ्गलबार उक्त डुङ्गा दुर्घटना भएको जनाइएको छ ।

सो इलाका केरला प्रान्तको प्रान्तीय राजधानी त्रिवन्त्रमबाट ३५९ किलोमिटर उत्तरमा रहेको जनाइएको छ ।

मङ्गलबार साँझ नौ जना व्यक्ति लिएर गएको सो डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु भएको र अन्य तीन जनालाई उद्धार गरिएको मलापपुरामका प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।

घाइतेलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । विदा मनाउनको लागि आफन्तको घरमा जान लागेका ती बालबालिका दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा ज्यान गुमाएकामा चारजना बालक र दुई बालिका रहेका जनाइएको छ । स्थानीय सरकारले यस दुर्घटनाको अनुसन्धान सुरु गर्न आदेश दिएको छ ।

भारतमा क्षमताभन्दा बढी व्यक्ति सवार भएर डुङ्गामा यात्रागर्ने गरिएका कारण बारम्बार यस्ता दुर्घटना हुने गरेको पाइन्छ ।

गत महिना मात्र पनि आन्ध्र प्रदेशमा भएको यस्तै डुङ्गा दुर्घटनामा परी १९ व्यक्तिको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्बन्धित

साउदी–पाकिस्तान–टर्की सुरक्षा सम्झौता : इरानका लागि दीर्घकालीन सुरक्षा चिन्ता बढ्न सक्ने

शक्तिशाली टाइफुन डल्फिनले चीनमा १० लाखभन्दा बढी विस्थापित

हङकङमा अहिलेसम्मकै उच्च तापक्रमको नयाँ कीर्तिमान, ३६.९ डिग्री सेल्सियस पुग्यो

इरानसँगको युद्धपछि अमेरिकी हतियार भण्डारमा दबाब, उत्पादन बढाउन पेन्टागनको निर्देशन

हर्मुज खुला गर्ने सर्तमा ट्रम्प परमाणु सम्झौताबाट पछि हट्लान् ? इरानसँग नयाँ समझदारीको संकेत

भारतको आर्थिक वृद्धिको चमकभित्र बेरोजगार युवाको बेचैनी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu