ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारसँग जंगिएर स्टेज छाडेकोमा राष्ट्रपति बाइडेनले मागे माफी


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   १० : ०९   बजे

काठमाडौं, ३ असार ।  पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा आक्रोशित भएका राष्ट्रपति जो बाइडेनले पछि पत्रकारसँग माफी मागेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको जेनेभा सम्मेलनपछि आयोजित पत्रकारसम्मेलनको अन्त्यतिर सीएनएन पत्रकार क्याटलान कोलिन्सले सोधेको प्रश्नको जवाफ दिने क्रममा बाइडेन आक्रोशित भएका थिए ।

पछि एयरफोर्स वान मार्फत जेनेभा प्रवेश गर्नुअगाडि पत्रकारहरुको समुहमा गएर माफी मागेका थिए । अन्तिम प्रश्नको जवाफ दिने क्रममा आक्रोशित भएर आफूबाट गल्ती भएको स्वीकार गर्दै बाइडेनले माफी मागेका थिए । तर उनले पत्रकारहरुले आफूलाई कहिले पनि सकारात्मक प्रश्न नसोधेको भन्दै गुनासो समेत गरेका थिए ।बाइडेनले भने – ‘तपाई राम्रो पत्रकार हुनका लागि नकारात्मक हुनुभयो ।

मलाई लाग्छ, जसले गर्दा तपाईको जीवनमै नकारात्मक दृष्टिकोण बन्यो ।’अगाडिको पत्रकार सम्मेलनमा पत्रकार कोलिन्सले ‘पुटिनले बैठकपछि आफ्नो व्यवहार बदल्ने कुरामा किन उनी पक्का थिएरु’ भनेर प्रश्न सोधेकी थिइन् । त्यतीबेला बाइडेनले आक्रोशित हुँदै भनेका थिए – ‘पुटिनले व्यहार बदल्नेछन् भन्ने कुरामा म पक्का छैन । तपाई सधै के गर्नुहुन्छ रु मैले कहिले पक्का छु भनेर भनें ?’ पुटिनले साइबरआक्रमणमा संलग्नता अस्वीकार गरेको, मानव अधिकार उल्लंघनलाई अवमूल्यन गरेको लगायतका विषयमा पत्रकार कोलिन्सले संकेत गरेकी थिइन् । ‘रचनात्मक बैठक थियो भने किन यस्तो भयो रु’ भन्नेबारे कोलिन्सको प्रश्नमा बाइडेन जंगिए – ‘यदि तपाई त्यती कुरा पनि बुझ्नुहुन्न भने तपाई गलत व्यवसायमा हुनुहुन्छ ।’त्यसपछि बाइडेनले प्रश्नलाई उचित तरिकाले सम्बोधन नगरी स्टेज छाडेका थिए ।पत्रकार कोलिन्सले भने आफूले आफ्नो जागिर गरेको र बाइडेन आफूहरुसँग माफी माग्न अनावश्यक रहेको बताएकी छिन् । कोलिन्सले भनिन् – ‘उनले हामीसँग आएर माफी माग्न पनि जरुरी थिएन । तर उनले मागे, म त्यसको कदर गर्दछु । राष्ट्रपतिलाई प्रश्न सोध्नुको अर्थ सकारात्मक दृष्टिकोण वा नकारात्मक दृष्टिकोण भन्ने होइन । यो त केबल राष्ट्रपतिले कुनै कुरालाई कुन दृष्टिकोणबाट हेरिरहेका छन् भन्ने जान्ने एउटा तरिकामात्र हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट तीन बालबालिकासहित चार जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu