ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग ‘वार्ता र आमुन्नेसामुन्ने’ हुन तयार छौँ : उत्तर कोरियाली नेता किम जोङ


एबीसी / संवाददाता
४ असार २०७८, शुक्रबार   १ : ४०   बजे

काठमाडौं, ४ असार । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ता र आमुन्नेसामुन्ने दुवैका लागि तयार रहन आवश्यक रहेको बताउनुभएको छ । किम जोङले अमेरिकासँग आमुन्नेसामुन्ने हुनका लागि तयार रहन विशेष जोड दिनुभएको छ ।

किम जोङ उनले अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी गर्नुभएको यो पहिलो पटक हो । बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाली खारेज गरिदिएको थियो । किम जोङ उनले प्योंगयांगमा पार्टीका वरिष्ठ नेताहरुसँग भएको बैठकमा यस्तो बताउनुभएको हो । सत्ताधारी वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठक यही हप्ता राजधानी प्योंगयांगमा सुरु भएको थियो ।

उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनएका अनुसार किम जोङ उनले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकाको सामना गर्नका लागि विशेष रुपमा तयार रहनुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।कोरियाली प्रायद्वीपमा कुनै किसिमको नियन्त्रण गर्ने कोसिस गरिए उत्तर कोरियाली कडा जवाफ दिने पनि उहाँले बताउनुभयो । केही दिन अघिमात्रै किम जोङ उनले देश खाद्यान्न सङ्कटको सामना गरिरहेको बताउनुभएको थियो ।अमेरिकी राष्ट्रपति जो बाइडेनसँग किम जोङ उनको सम्बन्ध सुरुवातदेखि नै राम्रो रहेको छैन । अमेरिकी चुनावअघि बाइडेनले किम जोङलाई ‘थग’ (बदमास) भनेर सम्बोधन गर्नुभएको थियो । र बाइडेनको शपथ ग्रहण समारोहको एक दिनअघि उत्तर कोरियाले शक्ति प्रदर्शनका लागि नयाँ मिसाइलसँगै सैन्य परेड निकालेको थियो । अप्रिल महिनामा बाइडेनले उत्तर कोरियालाई विश्वको सुरक्षाका लागि गम्भीर खतरा भएको संज्ञा दिनुभएको थियो । उत्तर कोरियाले यस विषयमा कडा आपत्ति जनाएको थियो र बाइडेन आफूप्रति शत्रुताको नीति अपनाइ राख्न चाहन्छन् भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group