ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने


एबीसी / संवाददाता
७ असार २०७८, सोमबार   ४ : ५३   बजे



टोकियो, ७ असार–– टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ ।

रंगशालामा के कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा खेल आयोजनाका मुख्य पाँच पक्षहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइपिसी, टोकियो २०२० आयोजक समिति, टोकियो महानगर र जापान सरकारबीच यस्तो सहमति भएको हो ।

आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ । तर विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ ।

समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ । रंगशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने पनि समितिले बताएको छ ।

विज्ञप्तिमा दर्शकलाई यताउति नगरी सोझै रंगशालामा जान र रंगशालाबाट बाहिर निस्केर उसैगरी सोझै घरतर्फ जान सुझाइएको छ ।(सिन्ह्वा)
––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group