ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षमान पुनको पहलमा नयाँ घर बन्ने


sharan sharan
१३ पुस २०७४, बिहिबार   ४ : ४६   बजे

रोल्पा,१३ पुस । जनयुद्धमा एकमात्र छोरालाई गुमाएका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिले सहिद परिवारले राज्यबाट पाउने राहत रकम दश लाख प्राप्त समेत गरेका छन् भने उनहरुका लागी नयाँ घर बन्ने भएको छ ।

बीबीसी साझा सवालमा मंगले बुढाले झुपडीमा बसेर सहिद परिवारले पाउने रकम आफूहरुले नपाएको बताएका थिए ।

मंगले दम्पत्तिको कुरा सुनेर निवर्तमान सभामुख ओनसरी घर्तीले आँशु थाम्न नसकेको र रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भावुक हुँदै घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएका छन् ।

मतदाताहरुलाई धन्यवाद दिएर काठमाडौं फर्किएका अनन्तले मंगले घर निर्माणको घोषणा गरेका छन् । उनले सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मंगलेको घर निर्माण गर्न लागेका हुन् । अनन्त माघ २ मा जेलबाङ पुगेर मंगले बुढा दम्पत्तिको लागि घर निर्माण गर्न शिलान्यास गर्ने भएका छन् ।

अनन्तकै पहलमा राज्यबाट सहिद परिवारले पाउनुपर्ने सबै रकम मंगले परिवारले पाएको छ । मंगलले सहिद परिवारले पाउने राहत रकमको पाँच लाख रुपियाँ २ पुसमा बुझेका छन् । पाँच लाख भने उनले विभिन्न किस्तामा पहिल्यै बुझिसकेका छन् । ‘उहाँले पाँच लाख बुझ्न बाँकी रहेछ, त्यो २ पुसमा बुझ्नुभएको छ,’ नेता अनन्तले भने, ‘पाँच लाख विभिन्न चरणमा पहिल्यै बुझिसक्नुभएको रहेछ ।’

प्रमुख जिल्ला अधिकारी डा‍।डिजन भट्टराईले मंगले बुढाले २ पुसमा ५ लाख बुझेको पुष्टि गरे ।

‘असार २२ गते आफै आएर निवेदन दिनुभएको थियो । असार २६ गते नै उहाँहरुले पाउनुपर्ने पाँच लाख रकम उहाँहरुको पुरानो खातामा पठाईसकिएको थियो । तर बीचमा उहाँहरु आउनुभएन,’ प्रजिअ भट्टराईले भने, ‘पुस २ गते आएर पाँच लाख बुझ्नुभएको छ ।’

साझा सवालमा वरिष्ठ नेता अनन्तले ‘सहिद परिवारले पाउने १० लाख पाउनुभयो की भएन रु’ भनी सोध्दा मंगले बुढाले ‘पाको छैन’ भन्ने जवाफ दिएका थिए । उनको जवाफले अनन्त र ओनसरी भावुक बनेका थिए । तर उनले पाँच लाख यसअघि बुझिसकेका रहेछन् ।

‘बुढापाका खामभाषीलाई नेपाली भाषाको केहीं समस्या हुन्छ, प्रश्न गर्दा सरकारबाट पाउने राहत रकम भन्ने नभई अरु कुनै रकम पाउने पो हो की भन्ने मानेर रकम नपाएको भन्ने जवाफ दिएको पाईयो,’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विकले भने, ‘तर उहाँहरुले पाँच लाख पहिल्यै विभिन्न किस्तामा बुझिसक्नुभएको रहेछ । २ पुसमा थप पाँच लाख बुझ्नुभएको छ ।’

मंगलेका एकमात्र छोरा भुवन बुढा २०५३ पुसमा राज्यपक्षबाट मारिएका थिए । पूर्णकालीन कार्यकर्ता भई तत्कालीन नेकपा माओवादीको गाउँ कोर्डिनेशन कमिटिको सदस्य रहँदा उनी साविक सेरम गाविसको झंकी गाउँमा प्रहरीबाट मारिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group