काठमाडौं ८ असार । चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै परेको रिटमाथि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाश ढुंगानाको इजलासमा आज सुनुवाई हुने भएको छ ।
मन्त्रिपरिषद्विरुद्ध परेका रिटमाथि जेठ २५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले मन्त्रिपरिषद् विस्तारको कारण माग्दै दुवै पक्षलाई छलफलका लागि असार ८ गते बोलाएको थियो । मंगलवार मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा अन्तरिम आदेशबारे छलफल हुने रिट निवेदक मध्येका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रतिनिधि सभा विघटन गरेर कामचलाउमा परिणत भएको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट परेका थिए ।
प्रतिक्रिया दिनुहोस्