ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्याड नराखी सिधै धानखेतीगर्न किसानको आकर्षण


एबीसी / संवाददाता
८ असार २०७८, मंगलबार   २ : ४४   बजे



कञ्चनपुर, ८ असार : बेलौरी नगरपालिका—६ हात्तीबोझाका आसारेराम वडायकले परम्परागत तरिकाबाट धानखेती गर्न छोड्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले परम्परागत तरिकाबाट धानखेती गर्नका लागि अहिलेसम्म बीउ राख्न पाएका छैनन् । तर, उहाँ ब्याड नराखी सिधै धान फलाउने योजनामा हुनुहुन्छ ।

कम खर्च र लागतमा बढी उत्पादन दिइने भएपछि उहाँ छरुवा प्रविधिमा आधारित धानखेती गर्ने योजनामा हुनुहुन्छ । विगत पाँच वर्षदेखि वडायकले छरुवा (डिएसआर) प्रविधिबाट धान खेती गर्दै आउनुभएको छ । शुरुमा एक विगहा क्षेत्रफलमा गरिएको छरुवा धान खेतीबाट कम लागतमा बढी उत्पादन दिएपछि अहिले उहाँले यसलाई पाँच विगहा क्षेत्रफलमा विस्तार गर्नुभएको छ । “विगत दुई वर्ष यो विधिबाट खेती गर्न सिक्यौं”, उहाँले भन्नुभयो, “आधुनिक स्रोत संरक्षण प्रविधिबाट खेती गर्दा उत्पादन बढ्दै गएको छ ।”

सिसा परियोजनाबाट तालिम लिएपछि अहिले आफू छरुवा प्रविधिबाट धानखेती गर्नेतर्फ आकर्षित भएको उहाँको भनाइ छ । यो प्रविधिबाट उहाँले सावाँ मन्सुली, सर्जु—५२, बहुगुणी—२, सिल्की—२७७ र राधा—४ जातको धान लगाउनुभएकोे छ । परम्परागत तरिकाबाट हिल्याएर रोपाइँ गरी लगाइएको धानखेतीभन्दा छरुवा प्रविधिबाट लगाइएको धानखेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुने उहाँको भनाइ छ । “गतवर्ष छरुवा प्रविधिबाट एक विगहा क्षेत्रफलमा लगाइएको हर्दिनाथ धानको उत्पादन ४५ क्वीन्टल भएको थियो”, उहाँले भन्नुभयो, “परम्परागत तरिकाबाट खेती गर्दा सोही क्षेत्रफलमा मुस्किलले १० क्वीन्टल धान उत्पादन हुन्थ्यो ।”

परम्परागत तरिकाको खेतीले जीविकोपार्जनमै ठिक्क हुने भएकाले नयाँ प्रविधि अपनाएको उहाँको भनाइ छ । “बुवा–बाजे पनि किसान हुनुहुन्थ्यो । उहाँहरुले जीविकोपार्जनका लागि मात्रै खेती गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “मैले धानखेतीलाई व्यवसायिक बनाउने योजना बनाएको छु ।” धानखेतीलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न सक्यौं भने प्रतिवर्ष उत्पादनमा वृद्धि हुँदै जाने उहाँको विश्वास छ । थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानका लागि उपयुक्त हुने उहाँको भनाइ छ । “यो तरिकाबाट खेती गर्दा ब्याड राख्नुपर्दैन, बीउ उखेल्न र रोप्न पनि पर्दैन”, उहाँले भन्नुभयो, “एक विगहामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म बचत हुन्छ ।”

यो प्रविधिमा सिड ड्रिल मेसिनबाट सिधै खेतमा धान छरिन्छ । छरुवा धान प्रविधिबाट खेती गर्दा समय, पैसा र इन्धनको समेत बचत हुने हुँदा यो प्रविधि प्रवद्र्धन गर्नुपर्ने अर्का किसान खडक चौधरीको भनाइ छ । परम्परागत तरिकाभन्दा यो प्रविधिबाट खेती गर्दा श्रमशक्तिमा २५ देखि ३० प्रतिशत र पानीमा २० प्रतिशतसम्म बचत हुने उहाँको भनाइ छ । पछिल्लो समय कैलालीमा उहाँजस्तै धेरै किसानले छरुवा धान खेती प्रविधि अपनाउन थालेका छन् । थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानको रोजाइमा परेको बेलौरी नगरपालिका कृषि शाखाका कृषि प्राविधिक हरिश सेटीले बताउनुभयो ।  “उचित समयमा झारपात व्यवस्थापन गरे उत्पादन बढ्छ”, उहाँले भन्नुभयो, “अहिले समय, पैसा र इन्धनको अभाव छ । त्यसैले हामीले यो प्रविधिलाई जोड दिएका हौँ ।” 

शुरुमा बेलौरीका दुई जना किसानले यो प्रविधिबाट धान खेती गर्दै आएकोमा पछिल्लो समय सात जनाभन्दा बढी किसानले यो प्रविधि अपनाएका छन् । कम मल र बीउबाट पनि बढी उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

———

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group