ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङजाको वालिङमा अनलाइनको माध्यमबाट शिक्षण सिकाई


एबीसी / संवाददाता
९ असार २०७८, बुधबार   ४ : ५३   बजे

काठमाडौं, ९ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अनिश्चित बनेको समयमा स्याङजामा भने अनलाईन कक्षा सुरु हुने भएको छ । वालिङ नगरपालिका वडा नं १३ को वडा शिक्षा समितिको निर्णय अनुसार सबै विद्यालयहरूले अनलाइन कक्षा संचालन गर्ने भएका हुन । अनलाईन कक्षा संचालनका लागि विद्यार्थीहरुको घरमा निशुल्क नेट जडानकालागि कार्यालयले नेट प्रदायक संस्थाहरु संगको सहकार्यमा जडान गर्ने तयारी गरेको हो ।

अनलाइनको माध्यमबाट शिक्षण गर्नका लागि यस वडा भित्रका विद्यालयमा कार्यरत शिक्षकहरुलाई तालिम प्रदान गर्न आधिखोला बहुप्राविधिक शिक्षालय वालिङ १३ संग पनि समन्यवय गरिएको छ । उक्त शिक्षालयले (भोली) विहिवारदेखी विद्याथी शिक्षकहरुलाई तालिम दिने तयारी गरेको वडा अध्यक्ष आनन्द प्रसाद पाठकले जानकारी दिनुभयो ।

अनलाइन कक्षा सञ्चालनका लागि पूर्वाधार तयारी गर्न सहयोग गरिदिनुहुन सम्बन्धित सबै विद्यालय व्यवस्थापन समिति, प्र.अ. शिक्षक विद्यार्थी एव अभिभावकहरुलाई वडा कार्यालयले अनुरोध गरेको छ । विद्यालयले लकडाउनमा पनि विद्यार्थीले आ–आफ्नै घरमा बसेर पढाइलाई निरन्तरता दिन सकून भन्ने उदेश्यले अनलाइनमार्फत पढाउन सुरु गरेको अध्यक्ष पाठकले बताउनुभयो ।

उहाँले यस्तो महामारीमा विद्यालयमा शिक्षक, विद्याथीहरु भौतिकरुपमा उपस्थ्ति भएर शिक्षण गर्न सक्ने अवस्था नभएको हुँदा यो प्रविधिको उच्चतम प्रयोग गर्दै शिक्षण सिकाईलाई प्रभावकारी बनाउने पहल गरेको पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu