ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्दाहेर्दैमा, निवेदकका पाँच वकिलले गरे बहस


एबीसी / संवाददाता
९ असार २०७८, बुधबार   ५ : ५७   बजे

काठमाडौँ, ९ असार । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको मुद्दाको पहिलो दिनको बहस सकिएको छ । उक्त मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ बुधबारबाट भएको हो । पहिलो दिनको बहसमा रिट निवेदक सांसदहरूका पाँच वकिलले बहस गरेका थिए । बुधबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गर्नुभएको थियो । बहसका क्रममा निवेदकका कानुन व्यवसायीले संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन आह्वान गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले १ सय ४९ सांसदहरू हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा दाबी लिएर जाँदा पनि नियुक्त नगरेको र प्रतिनिधिसभा बदनियत राखेर विघटन गरेको बताउनुभएको थियो। उहाँहरूले विश्वासको मत प्राप्त गर्न सक्दैन भनेर मार्ग प्रसस्त गरेका प्रधानमन्त्री ओलीले फेरि दाबी गर्नु बदनियत भएको तर्क गर्नुभउको थियो । प्रतिनिधिसभा विघटन गर्न त्यस्तो क्रियाकलाप गरेको र नयाँ सरकार गठनमा ओलीले अवरोध गरेको उहाँहरूको भनाइ थियो । प्रतिनिधिसभा पुनःस्थापना गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालत संवैधानिक इजलासले परमादेश माग उहाँहरूको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको सुनुवाइ गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu