ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्युवामाथि अमेरिकाले लगाउँदै आएको नाकाबन्दी फुकुवाको : पक्षमा नेपालसहित १८४ देश


एबीसी / संवाददाता
१० असार २०७८, बिहिबार   १२ : ५३   बजे

काठमाडौँ, १० असार । अमेरिकाले क्युवामाथि लगाउँदै आएको नाकाबन्दी हटाउने सम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित विश्वका १८४ देशले मतदान गरेका छन् ।संयुक्त राष्ट्रसंघमा सो प्रस्तावमाथि बुधबार मतदान भएको हो । सो प्रस्तावको पक्षमा नेपालसहितका देशले मतदान गरे पनि अमेरिकाले भने विपक्षमा मत दिएको छ ।नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिकासँगै इजरायलले पनि मत दिएको छ । कोलम्बिया, युक्रेन र ब्राजिल मतदानमा अनुपस्थित रहे ।सन् १९९२ देखि यो प्रस्ताव पारित हुँदै आएको छ । सन् २०१९ मा भएको मतदानमा १८७ देशले क्युवामाथिको नाकाबन्दी हटाउन माग गरेका थिए ।
अमेरिकाले लामो समयदेखि क्युबामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । विश्वका अधिकांश देशले नाकाबन्दी फुकुवा गर्नु पर्ने माग गरे पनि अमेरिकाले भने अडान परिवर्तन गरेको छैन ।
मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि नाकाबन्दी लगाउँदै आएको अमेरिकी दाबी छ । मतदानको क्रममा क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रिग्वेज पारिला उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group