ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गल्ती स्वीकार गरेर आउनुहुन्छ भने ओलीलाई स्वागत गर्नुपर्छ है शेरबहादुरजी : नेता नेपाल


एबीसी / संवाददाता
१० असार २०७८, बिहिबार   ६ : ०३   बजे

काठमाडौं, १० असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती र कमी–कमजोरी सच्याएर आए केपी ओलीलाई स्वागत गर्नुपर्ने बताउनुभएको छ । बिहीवार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताउनुभएको हो ।‘मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरि कोर्स करेक्शन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी’, उहाँले भन्नुभयो ।

नेता नेपालले आफूहरू देश र नागरिकको हितका निम्ति दृढताका साथ अगाडि बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफूहरूको चिन्ता र चासो देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि उहाँले बताउनुभयो ।नेता नेपालले भन्नुभयो – ‘देशको हितका लागि, जनताको हितका लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडि बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधीनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ ।’

त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रतिनिधि सभा विघटनमा विदेशी शक्तिको हात रहेको दाबी गर्नुभयो । उहाँले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रूपमा फेरबदल भएको उहाँको आरोप छ । प्रतिनिधि सभा विघटनविरुद्धको कदममा २०६२/०६३ को जनआन्दोलनका सहयात्री दलहरू एक हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu