ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव :उपप्रधानमन्त्री पौडेल


एबीसी / संवाददाता
१२ असार २०७८, शनिबार   ९ : ३१   बजे

काठमाडौं, १२ असार ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव भएको बताउनु भएको छ ।

शनिबार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर्वाचनको लागि सबै जुट्न आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्था र संसदबाट अर्को बैकल्पिक सरकार बन्न नसक्ने अवस्था आएपछि प्रतिनिधि सभा बिघटन गर्न बाध्य भएको जिकिर गर्नुभयो ।

प्रतिनिधि सभाको निर्वाचनबाट आएको जनादेशले जनतामा सामाजिक न्याय सहितको विकास र सम्वृद्धितर्फ जाने यात्रा बीचमा अनपेक्षित राजनैतिक घटनाहरुले रोकिएपछि निकास दिन निर्वाचन एकमात्र विकल्प भएको उपप्रधानमन्त्री पौडेलले बताउनु भयो । अदालतमा परेको मुद्दाले जुनसुकै निर्णय दिए पनि ताजा जनादेशले मात्र राजनैतिक निकास दिने भएकोले सबै निर्वाचनको लागि तयारीमा लाग्न अर्थमन्त्री पौडेलले आग्रह गर्नु भयो ।

कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले अहिले राजनैतिक गतिरोधले विकास निर्माणलाई केही प्रभाव परे पनि गति नरोकिने बताउनुभयो । शनिबारर उद्घाटन भएको कार्यालयले स्याङ्गजाको कालिगण्डकी नदीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका ठूलो क्षेत्रफलमा सिँचाई पर्‍याउने योजनाको फिल्ड कार्यालयको रुपमा काम गर्ने छ । कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिँचाइ सहित एक सय २६ मेघावाट विद्युत पनि उत्पादन गर्ने बताइएको छ । यो आयोजना सम्पन्न गर्न करिब एक सय ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu