ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहराइनको राजदूतमा युवराज कार्कीलाई गरिएको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


एबीसी / संवाददाता
१३ असार २०७८, आइतबार   ५ : ५२   बजे

काठमाडौं, १३ असार ।  सर्वोच्च अदालतले मन्त्रिपरिषदले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको छ।
उहाँले स्नातक तहसमेत पास नगरेकाले योग्यता नपुगेको भन्दै न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले आइतबार उहाँको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न भनेको हो। सरकारले भने मन्त्री भैसकेका व्यक्तिलाई स्नातक तह पास गरेको हुन नपर्ने भन्दै राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेको थियो। यही व्यवस्थाअनुसार झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य प्रशासन मन्त्री बन्नुभएका कार्कीलाई वैशाख २५ मा सरकारले बहराइनको राजदुत नियुक्तिको लागि सिफारिस गरेको थियो। अघिल्लो साता सर्वोच्च अदालतले मन्त्री भैसकेकालाई राजदूत बनाउँदा स्नातक पास गरेको हुन पर्ने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो। अधिवक्ता दीपकविक्रम कार्कीले राजदूतमा सिफारिस भएका कार्कीको योग्यता र दक्षतामा प्रश्न उठाउँदै रिट दिनुभएको थियो । साथै उहाँले परराष्ट्रका सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणी वा प्रथम श्रेणीका बहालवाला अधिकृतबाट कूल राजदूत पदको पचास प्रतिशत नघट्ने गरी पचास प्रतिशत नियुक्त गर्नुपर्ने प्रश्न पनि उठाउनुभएको छ । यो प्रश्नमा भने अदालतले रिटको अन्तिम सुनुवाइ गर्दा नै सम्बोधन गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu