ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ


एबीसी / संवाददाता
१५ असार २०७८, मंगलबार   ९ : १७   बजे

काठमाडौँ, १५ असार  । नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेको छ । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले बताउनुभयो ।

पक्राउ पर्नेमा लमजुङ घर भई सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा शान्तिनगर बस्ने, मोरङका रेवतीरमण निरौला छन् । निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, झोला, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

कमल बाबु भट्टलाई पक्राउ गरी थप सोधपुछ गर्दा अर्को क्रेटा गाडी भक्तपुर बस्ने अरुण खड्का, मधु सिलवाल र बिशाल खड्काको गुरुपले बिक्रि गर्न राखेको भन्ने कमल बाबु पुरीबाट उक्त गाडी खरिद गर्ने बाहाना बनाई सम्पर्क गर्न लगाउदा गाडी किनबेचको कुरा मिलाई भक्तपुरको सुर्यविनायक ६ गणेश मन्दिरबाट प्रदेश ३–०१०२४ च ०२५३ नम्वर प्लेटको सेतो क्रेटा कार र उक्त कारमा सवार अरुण खड्का, मधु सिलवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै सवारी दर्ता किताब कमल बाबु पुरीको नाममा रहेको छ । रेवती रमण निरौलाले यस्ता ब्लु बुक बनाईदिने गरेकाले उक्त नक्कली कागजातहरु विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा समेत दुरुपयोग भएको हुन सक्नेतर्फ थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu