ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपा सुनार घटनामा मानव अधिकार आयोगले सोध्यो शिक्षामन्त्री श्रेष्ठलाई स्पष्टीकरण


एबीसी / संवाददाता
१६ असार २०७८, बुधबार   १ : ३७   बजे

काठमाडौं, १६असार।   मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ। मंगलबार कार्यालयमै डाकेर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण लिएको आयोगका आयुक्त सूर्य ढुङ्गेलले जानकारी दिनुभयो ।

रूपा सुनारको घटनामा जुन उहाँ छुटाएर लैजानुभयो। त्यो मावन अधिकारसँग सम्बन्धित विषय भएकाले बुझ्न जरुरी थियोु, ढुङ्गेलले भन्नुभयो । मानव अधिकार आयोगले रूपा सुनार प्रकरणको निगरानी गरिरहेको ढुङ्गेलले उल्लेख गरे। त्यो सामाजिक विभेदसँग सम्बन्धित घटना भयो। त्यसमा न्यायीक र कानुनी प्रक्रिया सुरु भइसकेपछि मन्त्रीले झण्डा लिएर जसरी प्रवेश गर्नुभयो। त्यो कानुनको शासन र मानव अधिकार विपरित भयो ढुङ्गेलले भन्नुभयो के दृष्टिकोण छ भनेर बुझ्न बोलाइएको हो। मानव अधिकार आयोगले घटनाबारे प्रेस विज्ञप्ती जारी गर्ने तयारी गरिरहेको छ। आयुक्त ढुङ्गेलले शिक्षा मन्त्रीले कारगेड र झण्डा लिएर जानु गलत भएको ढंगले विचार आयोगमा व्यक्त गरेको बताउनुभयो । उहाँले गल्ती भएको मसहुस गर्नुभयो। ढुङ्गेलले भन्नुभयो , रुल अफ लको विषयमा हुनु नपर्ने काम भएको महसुस भयो भन्नुभयो।

तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध उजुरी दिनुभएको थियो । प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो । सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो। प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group