ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपामा महन्थ ठाकुरको निष्कर्ष : नेकपाजस्तै हामी पनि आ–आफ्नो बाटो लागौँ


एबीसी / संवाददाता
१७ असार २०७८, बिहिबार   ७ : २५   बजे

काठमाडौं,  १७  असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग काम गर्न नसकिने भएकाले पार्टीमा किचकिच गर्नुभन्दा राम्रोसँग सल्लाह गरेर अलग हुन उपयुक्त हुने अधिकांशको सदस्यको धारणा रहेको ती बैठकमा सहभागि एक नेताले बताउनुभयो ।

जसलाई जता मन लाग्छ, उता जान स्वतन्त्र छाडिदिनु पर्ने विषयमा पनि छलफलमा कुरा उठेको उहाँको भनाइ छ ।दुवै पक्षको बीचमा देखिएको विवादलाई समाधान गर्न आयोगले छलफलका लागि दुवै पक्षलाई असार २२ गते बोलाएको छ । त्यहाँ हुने छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुरको पक्षबाट यही प्रस्ताव जाने बताइएको छ ।

यता, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले भने बैठकमा निर्वाचन आयोगमा आफ्नो पक्षको रणनीति तय गर्ने बारे छलफल भएको बताउनुभयो । ‘पार्टीको विवादको बारेमा के गर्ने नगर्ने विषयमा आज छलफल भयो । आजको छलफल सामान्य र अनौपचारिक हो,’ उहाले भन्नुभयो, ‘पार्टीमा देखिएको विवादको समाधानका लागि आयोगले बोलाएको छ । त्यहाँ हुने छलफलबाट के निष्कर्ष निस्किन्छ त्यसैको आधारमा अगाडि बढ्ने कुराकानी भएको छ ।’ निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले निवेदन दिनुभएको छ। सो निवेदनबारे जानकारी गराउँदै आयोगले महन्थ ठाकुरलाई आफ्नो पक्षबाट प्रमाणहरू पेस गर्न पत्र पठाएको थियो । जवाफमा अध्यक्ष ठाकुरले आफ्नो पक्षमा बहुमत रहेको र बहुमतका आधारमा पार्टी आफूहरूको हुनुपर्ने तर्कसहित निर्वाचन आयोगमा पत्र पठाउनुभएको छ । दुवै पक्षको आ–आफ्नो दाबी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो ।

सो छलफलमा पार्टी नै अलग गर्ने प्रस्ताव महन्थ ठाकुरबाट जाने बताइएको छ । असार २२ गते निर्वाचन आयोगमा जानुभन्दा पहिले शनिबार १९ गते पुनः कार्यकारिणी समितिको बैठक बोलाउने भनिएको छ । आजको बैठकमा पार्टीमा विवादपछि अर्का अध्यक्ष उपेन्द्र यादव भने एकतर्फी रूपमा सङ्गठन निर्माण गरिरहेको र त्यसमा आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरूलाई निकालिरहेको कुरा अध्यक्ष ठाकुरले धारणा राख्नुभएको थियो । प्रदेश तथा जिल्लाहरूमा यादवले सङ्गठन निर्माणका कामहरू गरिरहेको तर त्यसमा पूर्वाग्रही ढङ्गबाट आफू पक्षका नेताहरूलाई कारबाही गर्ने र निकाल्ने भइरहेको जानकारी अध्यक्ष ठाकुरले बैठकलाई गराउनुभएको थियो ।

यादवको क्रियाकलापलाई काउन्टर दिन आफ्नो पक्षबाट पनि सङ्गठन निर्माणका लागि गतिविधिहरू गर्नुपर्ने कुरा बैठकमा उठेको थियो । यादवले जसरी एकतर्फी रूपमा यताबाट सङ्गठन निर्माणका लागि कार्यहरू गर्नुपर्ने बैठकमा सुझाव आएको बैठकमा सहभागी नेताको भनाइ छ ।

सुझाव अनुसार अध्यक्ष ठाकुरले एउटा कार्यदल नै गठन गर्ने प्रस्ताव गरेको बताइएको छ । शनिवार बस्ने बैठकबाट सङ्गठन निर्माण तथा सुदृढीकरणका लागि एउटा कार्यदल गठन गरिने भएको छ । हिजो बुधवार बसेको बैठकमा पनि कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव, अमृता अग्रहरी उपस्थित हुनुभएको थिएनन् । उहाँहरूको प्रतीक्षामा १ बजे बस्ने भनिएको बैठक २ बजेपछि ढिलो गरी सुरु भएको थियो । ठाकुरले कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो तर्फबाट २० जना राखेका थिए । ती २० जनामध्ये धेरै जना आज बैठकमा अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group