ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसबर्षको बाढी, पहिरोमा ३८ जनाको मृत्यु : ३१ जना वेपत्ता ,४७ जना घाईते


एबीसी / संवाददाता
१९ असार २०७८, शनिबार   ७ : १२   बजे

काठमाडौं, १९ असार  । गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।
गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराईरहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाईते भएका छन् ।

सनिबार मात्रै गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उहाँले जानकारी दिनुभयो । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा पनि बाढीले क्षति पुराएको छ । उहाँले यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफुहरु त्यसको प्रतिकार्यमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो “जेठ ३१ गते देखि सनिबार सम्म ३८ जनाको मृत्यु भएको छ । ३१ जना वेपत्ता हुनुहुन्छ । ४७ जना घाईते भएका छन् । आज मात्रै गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु अहिलेसम्म हामीलाई रिपोर्टिङ्ग भएको छ । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । सामुदायिक भवन विद्यालयहरुमा पनि क्षति भएको छ । २३ वटा झोलुङ्गे पुल, पक्कि पुल १४ वटा ,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा क्षति पुगेको छ । विभिन्न सडक खण्डमा पहिरो गईरहेको छ । आज पनि धेरै स्थानमा सडक अवरुद्ध रहेका छन् । यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको छ । यसको प्रतिकार्यमा हामी जुटिरहेका छौ । ”
मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिरोका कारण दर्जनौ स्थानमा सडकहरु अवरुद्ध भएका छन् । विगत लामो समयदेखि मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो, सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो अवरुद्ध छ । हिजो (शुक्रबार)को अबिरल बर्षाका कारण नारायणगढ मुग्लिन खण्डमा अवरुद्ध भएको बाटो अहिले एकातर्फी सुचारु भएको छ । विपि राजमार्ग अन्र्तगत काभ्रे सडकखण्ड पनि एकातर्फी बाटो सुरु भएको छ । आज(सनिबार) मध्यपहाडी लोकमार्गको खोटाङ्गको हलेसी खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । त्रिभुवन राजपथको मकवानपुर खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । अवरुद्ध भएका धेरै बाटोहरु सुचारु गर्नका लागि तत्काल प्रयास जारी छ । सिन्धुपाल्चोक, मनाङ्ग र बाजुरा जाने बाटो धेरै समय देखि अवरुद्ध भएको छ । ती सडक खुलाउने प्रयास जारी छ । ” उल्लेखित मनसुनजन्य क्षति गत जेष्ठ ३१ गते देखि असार १९ गते सम्मको विवरण हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu