ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोप जान लागेका आप्रवासी बोकेको डुंगा भूमध्यसागरमा डुब्यो, ४३ जनाको मृत्यु


एबीसी / संवाददाता
२० असार २०७८, आइतबार   ८ : ०१   बजे

काठमाडौं, २० असार । युरोप जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुबेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान भनेर हिँडेको डुंगा ट्युनिसियाको सीमानजिक डुबेको हो।इन्जिन बिग्रिएर डुंगा डुब्दा ४३ जनाको मृत्यु भएको छ भने ८४ जनालाई ट्युनिसियाको नौसेनाले उद्धार गरेको छ।

डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकका नागरिकहरू सवार रहेको बताइएको छ।पछिल्लो समयमा इटाली हुँदै युरोप छिर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाएका छन्।

मध्यपूर्व र अफ्रिकामा द्वन्द्वग्रस्त र गरिब मुलुकका नागरिकहरू ज्यानको बाजी लगाएर भूमध्यसागरबाट युरोप जान खोज्छन्।पछिल्लो समय यसरी इटाली पुग्नेहरूको संख्या केही घटेको थियो तर सन् २०२१ को सुरूदेखि त्यो संख्या फेरि बढेको छ।यो वर्ष अहिलेसम्म १९ हजार ८ सय मानिसहरू इटाली पुगेका छन् गत वर्ष यही समयमा त्यो संख्या ६ हजार ७ सय मात्र थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu