ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घट्यो सङ्क्रमण, घटेन जोखिम


एबीसी / संवाददाता
२० असार २०७८, आइतबार   २ : ४३   बजे

काठमाडौं, २० असार ।  समुदायस्तरमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले जनस्वास्थ्यमा चुनौती निम्त्याइरहेको छ । दोस्रो लहरको कारोनाका कारण समुदायका अधिकांश घरपरिवार सङ्क्रमित भइरहेका छन् । सङ्क्रमण भई जटिल अवस्थामा पुगेकामध्ये कतिपयको होम आइसोलेशनमा र धेरै व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिँदा शङ्कास्पद सङ्क्रमित धेरै व्यक्तिले आफ्नो नमूना परीक्षण नगराएर नै होम आइसोलेशनमा बस्नुप¥र्यो ।

सङ्क्रमणको समस्या भएको देश र खास गरी भारतबाट भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ ।

सेती प्रादेशिक अस्पताल कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर दोस्रो लहरको सङ्क्रमणको समस्या देखिँदा धेरै बिरामी एकसाथ अस्पताल पुग्दा भएका भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा चुनौतीको सामना गर्नु परेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “केवल भौतिक पूर्वाधार जुटाउनेतिर मात्र ध्यान पुग्यो, तर भौतिक पूर्वाधार सँगसँगै चाहिने स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने पाटो कमजोर हुँदा निकै समस्या झेल्नुप¥र्यो ।” पछिल्ला दिनमा सङ्क्रमण घट्दै गएसँगै निको हुने दर बढेको छ । नयाँ बिरामी भर्ना हुने र अवस्था जटिल हुने बिरामी घटेका छैनन् । उपचारपछि निको भएकाको स्वास्थ्यमा पनि विभिन्न खालका समस्या देखिन थालेका छन् ।

रिँगटा लाग्ने, कमजोरी महशुस हुने जस्ता स्वास्थ्य समस्या देखिएको धनगढीका एक जनाले बताउनुभयो । सङ्क्रमण र मृत्यु हुने दर केही घटेको देखिए पनि सङ्क्रमणको जोखिम यथावत् रहेको बताइन्छ । आगामी दिनमा तेस्रो लहरको भाइरस फैलिने जोखिम कायम रहेको छ ।

प्रमुख डा कमरले कोरोनाका नयाँ नयाँ भेरिएन्ट देखिन थालेकाले आगामी दिनमा जोखिम छैन भनेर भन्न नसकिने बताउनुहुन्छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार कोरोनाको सङ्क्रमण फैलिएयता प्रदेशमा ७२ हजार ९२ जनाको एन्टिजेन परीक्षण गरिँदा आठ हजार ५५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी एक लाख ९३ हजार ९३ जनाको पिसिआर परीक्षण गरिँदा ३५ हजार ३१२ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमित ५७१ जनाको मृत्यु भएको छ । एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये सात हजार ९७८ र पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये ३४ हजार ९४५ जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ ।

कोरोना भाइरसविरुद्धको खोपका बारेमा शुरुको अवस्थामा यसको प्रभावकारिता हुन्छ वा हुँदैन भन्नेमा धेरैमा शङ्का थियो । तर अहिले यो खोपले काम गर्ने रहेछ भन्ने सबैमा परेको छ । डा कमरले यो रोगविरुद्ध खोप लगाउने व्यक्तिमा सङ्क्रमण भइहालेमा दीर्घ रोगीबाहेक कसैको मृत्यु भएको नदेखिएको, कतिपयमा सङ्क्रमण भएर पनि जटिल अवस्था नदेखिएको र समग्रमा कोरोना सङ्क्रमणको दर घटाएको पाइएको बताउनुहुन्छ ।

प्रदेश सरकारको तयारी

कोरोनाको तेस्रो लहरको सम्भावित जोखिम हुन नदिन प्रदेश सरकार पूर्वतयारीमा जुटेको छ । यसका लागि आगामी वर्षको समाजिक विकास मन्त्रालयका लागि छुट्याइएको बजेटको ठूलो अंश स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिएको छ ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले तेस्रो लहरको भाइरसको सम्भावित जोखिम आउन नदिन आवश्यक काम शुरु भइसकेको बताउनुभयो । यसका लागि कैलाली र कञ्चनपुर जिल्लामा दुई हजार क्षमताको एक÷एक होल्डिङ सेन्टर बनाउन लागिएको छ । यस्तै सीमा नाकालाई थप व्यवस्थित गर्दै भारतबाट भित्रिनेको निगरानी बढाउने कामलाई निरन्तरता दिन लागिएको छ ।

तेस्रो लहरको कारोनाबाट बालबालिकामा बढी जोखिम हुने अनुमान गरिएको छ । यसका लागि सेती प्रादेशिक, टीकापुर र महाकाली अस्पतालमा ३०० श्ययाका साथै थप ५० भेन्टिलेटरको व्यवस्थापन गर्न लागिएको छ ।

प्रदेशका पहाडी जिल्ला अस्पतालमा १० देखि २० श्ययाको व्यवस्थापन गरिँदैछ । कोरोना रोकथामलाई प्रभावकारी बनाउँन स्थानीय तहसँग समझदारी गरेर योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्री खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्भावित तेस्रो लहरको कोरोना रोकथामका लागि तयारी र जनचेतनाका कार्यक्रम पनि सँगसँगै अगाडि बढाउन लागेको छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group