ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपाका नेताहरूले आयोगलाई भने – ‘हामी मिल्न सक्दैनौँ, एउटा पक्षलाई आधिकारिकता देऊ’


एबीसी / संवाददाता
२२ असार २०७८, मंगलबार   ३ : ४७   बजे

काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगलाई अहिलेकै अवस्थामा आफूहरू मिल्न नसक्ने जानकारी गराएका छन् । पार्टीको विवाद र आधिकारिकताबारे छलफल गर्न आयोगले बोलाएर गरेको छलफलमा दुवै पक्षले आफूहरूको धार नै फरक भइसकेको भन्दै अब मिल्न नसकिने बताएको आयोगका एक पदाधिकारीले जानकारी दिएका छन् ।

नेताहरूले अब मिल्न सक्ने ठाउँ नरहेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै एउटा पक्षलाई आधिकारिकता दिन माग गरेका छन् । प्रतिनिधि सभा विघटन र सरकारमा जाने विषयलाई लिएर जसपाभित्र विवाद चर्किएको छ ।

प्रतिनिधि सभा विघटन ठिक हो भन्दै महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी भइसकेको थियो । तर उपेन्द्र यादव पक्षले भने ओलीले प्रतिगामी काम गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेको छ ।

विवाद बढ्दै गएपछि दुवै पक्षले एकरअर्को पक्षका नेताहरूलाई कारबाही गरेका छन् । तर आयोगले भने कारबाहीलाई मान्यता दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group