ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदै


sharan sharan
१५ पुस २०७४, शनिबार   ९ : ५०   बजे

पुस १५ – इरानमा सरकारी विरोधी प्रर्शन चर्किँदै गएको छ । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन अहिले देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो ।

मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो । अहिले राजधानी तेहरानसहितका देशका धेरै शहरमा प्रदर्शन भएको छ । तेहरानबाट प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

इरानमा सन् २००९ पछि भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००९ मा विवादित चुनावपछि ठूलो प्रदर्शन भएको थियो । बिहीबार मशहदमा भएको प्रदर्शनको क्रममा प्रहरीले ५२ जनालाई पक्राउ गरेको थियो ।

सरकारले मानिस भेला भएर प्रदर्शन नगर्न भन्दै चेतावनी जारी गरेको थियो । तर सामाजिक सञ्जालमा प्रदर्शनको पक्षमा उभिन आग्रह गरिएको छ । सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा करमनशाह शहरमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको देखिएको छ । इरानमा यस्तो किसिमको सरकार विरोधी प्रदर्शन निकै कम हुने भएकाले सरकार चिन्तामा रहेको बिबिसीले जनाएको छ ।

देशको अर्थ व्यवस्थामा आएको समस्याका कारण राष्ट्रपति हसन रुहानी समस्यामा हुनुहुन्छ । दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरोधमा सुरु भएको आन्दोलनले सरकार विरोधी प्रदर्शनको रुप लिएपछि उहाँ थप समस्यामा पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu