ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कडा सुरक्षा घेराभित्रै हाइटीका राष्ट्रपतिको कसरी भयो हत्या ?


एबीसी / संवाददाता
२४ असार २०७८, बिहिबार   २ : २९   बजे

काठमाडौं, २४ असार ।  हाइटीका राष्ट्रपति जोभेनल मोइसे बुधबार बन्दुकधारीहरुको आक्रमणमा आफ्नै निवासभित्र मारिए । उनकी पत्नी मार्टिन मोइसेसमेत घाइते भइन् । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजना आशंकितलाई गोली हानी मारेको छ ।

बुधबार सबेरै आक्रमणकारीहरुले राष्ट्रपति भवनमा हमला गरेका थिए । छातीमा गोली लागेका राष्ट्रपतिको घटनास्थलमै मृत्यु भयो । उनकी पत्नी भने बालबाल बाँचिन् । उनलाई उपचारका लागि फ्लोरिडामा लगिएको छ । हाल उनको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ ।

घटनामा आक्रमणकारीतर्फ चारजना मारिएको र दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रमुख लियोन चाल्र्सले बताएका छन् । टेलिभिजन वक्तव्यमा उनले आक्रमणकारीद्वारा बन्धक बनाइएका तीन प्रहरीको उद्धार गरिएको जानकारी पनि दिए । ‘उनीहरु घटनास्थलबाट बाहिरिने क्रममा हामीले रोक्यौं, त्यसपछि सेनाले उनीहरुमाथि आक्रमण गर्यो,’ उनले भने ।

घटनापछि बोल्दै कार्यवाहक प्रधानमन्त्री क्लाउड जोसेफले संयमता अपनाउन आग्रह गर्दै देशब्यापी आपत्कालको घोषणा गरेका छन् । अमेरिकालगायत विभिन्न देशका राष्ट्रपतिले घटनाको निन्दा गर्दै शान्तिको आह्वान गरेका छन् ।

कसरी भयो आक्रमण ?

अमेरिकी महादेशको गरिब राष्ट्रमा पर्छ हाइटी । मोइसे गत सन् २०१७ मा हाइटीका राष्ट्रपति बनेका थिए । पछिल्लो समय उनले राजीनामाका लागि चौतर्फी दवावको सामना गर्नुपरिरहेको थियो । सैनिक कु, राजनीतिक अस्थिरता, हत्या९हिंसा तथा प्राकृतिक प्रकोपले यो देशलाई दशकौंदखि जर्जर तुल्याइरहेको छ ।

राष्ट्रपतिका रुपमा मोइसेको कार्यकाल सुखद थिएन । दुई महिनाभित्र राष्ट्रपपतिका लागि निर्वाचन गर्ने तयारी पनि भइरहेको थियो । मोइसेले नयाँ प्रधानमनत्रीमा एरियल हेनरीलाई नियुक्त गरेको २४ घन्टा नबित्दै यो आक्रमण भएका हो ।

कार्यवाहक प्रधानमन्त्री जोसेफका अनुसार आक्रमणकारीहरु विदेशी नागरिक हुन् जो अंग्रेजी र स्पेनिस बोलिरहेका थिए । हाइटीको आधिकारिक भाषा क्रिओल र फ्रेन्च हुन् । बुधबार स्थानीय समयअनुसार रातको एक बजे कालो लुगा लगाएका बन्दुकधारीहरु राष्ट्रपति निवासमा प्रवश गरेका थिए । उनीहरु अमेरिकी ड्रग एजेन्टको भेषमा भित्र पसेको केही समाचारहरुमा जनाइएको छ ।

अमेरिकाका लागि हाइटीका राजदूत मोचिट एममोन्डले यो एउटा कमाण्डो आक्रमण भएको बताएका छन् । उनका अनुसार आक्रमणकारीहरुले ‘ड्रग एजेन्ट’ को रुपमा आफूलाई प्रस्तुत गरेर डीइए अपरेसनका सिलसिलामा आफूहरु आएको बताएका थिए । सामाजिक सञ्जालमा एउटा भिडियो सर्कुलेट भइरहेको छ, जसमा अमेरिकी मुलका एक व्यक्ति मेगाफोनमा भनिरहेका छन्, ‘डीइए अपरेसन । सबैजना आआफ्नो ठाउँमा टाउकोले टेकेर खडा हुने ।’ मोइसेको निवास पर्लिन ५ जिल्लास्थित पेटिअनभिल्लेमा पर्छ, जुन उच्च सुरक्षा भएको भीआईपी एरिया हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu