काठमाडौं, १६ पुस । जनताले वामगठबन्धनलाई दिएको बहुमतको उच्च कदर गर्दै राजनैतिक स्थायित्व दिएर देशलाई समृद्दिको बाटोमा लैजाने बताएका छन् ।
आज बिहान अध्यक्ष निवास खुमलटारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुशासका निम्ति सबै दलहरु एकतावद्ध हुन आवश्यक रहेको भन्दै सवै मिलेर जाने बातावरण बनाउन लागेको बताए । विकास निर्माणमा सवै मिलेर गएन भने देश खतरामा जाने भन्दै भारत र चीनसंग आफुले त्रिदेशिय साझेदारीको प्रस्ताव अगाडि सारेको र त्यसका लागि सकारात्मक वातावरण बन्दै गएको बताएका छन् ।
राजनैतिक दलहरुले शुशासनको एजेण्डामा सत्तापक्ष र प्रतिपक्ष नबनेर काम गर्नु पर्ने बताए । दुर्इ ठूला छिमेकी मुलुकको विकास सरहनै नेपालको विकास गर्नु पर्ने प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस्