चितवन, २६ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरेर असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइने बताउनुभएको छ ।
उहाँले संशोधनको तयारी भइरहेको समेत जानकारी दिनुभयो । नेकपा ९माओवादी केन्द्र०का नेतासमेत रहनुभएका मन्त्री महराले यहाँ आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सङ्गठन कमजोर भएकाले पार्टीले स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम ल्याउन नसकेको बताउनुभयो ।
उहाँले आफ्नो पार्टी बलियो रहेको जिकिर गर्दै जनताको हितमा काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । आगामी कात्तिक÷मंसिरमा अर्को तहको निर्वाचन हुने भएकाले तयारीमा रहन र संगठनलाई थप मजबुत बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
मन्त्री महरा आज चितवनका विभिन्न चारवटा कार्यक्रममा सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्