दमास्कस, १६ पुस (रासस÷सिन्ह्वा) सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ ।
ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृतगर्दै समाचार संस्था सानाले जनाएको छ ।
ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै आफ्नो नियन्त्रणमा लिएको सहर हो ।
उनीहरुलाई सन् २०१४ को मध्यतिर मिब्डी अफ्नान नजिकैको ठाँउमा आईएस लडाकूहरुले मारेको सानाले लेखेको छ । सवै शवलाई लडाकूहरुले एकै रातमा जमिनमा पुरेर छाडेका थिए ।
सानाले जनाएअनुसार अर्को आम चिहानबाट पनि शवहरु बाहिर निकालिएको छ । तर त्यसलाई सार्वजनिक गर्ने कार्य भने तयारी अवस्थामै रहेको छ ।
सिरियाली सेनाले गत जुलाईमा डिब्सी अफ्नान र अरु क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसअगाडि अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्र्याटीक फोर्सले अक्टोबरमा रक्काको राजधानी कब्जामा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्